close

इन्टरनेट कम्पनीले नटेरेपछि पोलमा झुण्डिएका तार आफै हटाउँदै विद्युत प्राधिकरण

टेकपाना टेकपाना

पुस ५, २०७९ ८:३९

इन्टरनेट कम्पनीले नटेरेपछि पोलमा झुण्डिएका तार आफै हटाउँदै विद्युत प्राधिकरण

काठमाडौं । सेवाप्रदायकहरूले समयमा नै अव्यवस्थित तारहरूको व्यवस्थापन गर्न नसके पछि विद्युत प्राधिकरण आफैले पोलमा झुण्डिएका तारहरू हटाउने भएको छ ।

प्राधिकरणले कात्तिक १५ गते एक सूचना जारी गर्दै प्राधिकरणको पोलमा झुण्डिएका अव्यवस्थित तथा प्रयोगमा नभएका तारहरू हटाउन सम्बन्धित निकायहरूलाई निर्देशन दिएको थियो । यद्यपि उक्त काम प्रभावकारी रुपमा हुन नसकेको र ताकेता गर्दा गर्दै पनि काम सुस्त भएको भन्दै प्राधिकरण आफैले तार हटाउने निर्णय लिएको हो । 

प्राधिकरणले आज एक सूचना जारी गर्दै आफ्नो विद्युतीय पोल प्रयोग गरी अव्यवस्थित तरिकाले तानिएको र प्रयोगमा नरहेका अनावश्यक अप्टिकल फाइबर केबल/कोअक्साइल केबल तथा पोलमा जथाभावी झुण्डाइएका उपकरणहरूको व्यवस्थापन गर्ने काम नभएको जानकारी दिएको छ । यसैले आफैले उक्त तार र उपकरणहरू हटाउने सूचनामा उल्लेख छ । 

सूचनाका अनुसार प्राधिकरणल‍े पुस ११ गतेबाट त्रिपुरेश्वर-सुन्धारा-रत्नपार्क-केशरमहल-लैनचौर-लाजिम्पाट-नारायणगोपाल चोक-बुढानिलकण्ठ खण्डको अव्यवस्थित तार र उपकरणहरू हटाउन सुरु गर्नेछ । यसक्रममा हुनसक्ने नोक्सानीको लागि प्राधिकरण जिम्मेवार नहुने पनि उल्लेख गरिएको छ । साथै सेवाग्राहीलाई पर्न जाने असुविधा प्रति भने क्षमाप्राथी भएको प्राधिकरणले जनाएको छ ।   
  

पछिल्लो अध्यावधिक: पुस ५, २०७९ ९:३८