close

ओप्पोको फोल्डेबल फोन 'फाइन्ड एनटु' सार्वजनिक, यस्ता छन् विशेषता

टेकपाना टेकपाना

पुस ८, २०७९ ९:४८

ओप्पोको फोल्डेबल फोन 'फाइन्ड एनटु' सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौं । ओप्पोले आफ्नो फ्ल्यागसिप फोन 'फाइन्ड टु' सार्वजनिक गरेको छ । चिनियाँ बजारमा सार्वजनिक भएको यो स्मार्टफोनमा ७.१ इन्चको १२० हर्ज रिफ्रेसरेट सहितको भित्री डिस्प्ले छ भने बाहिरी डिस्प्ले भने ५.५४ इन्चको डिस्प्ले छ । 

फोनमा क्वालकमको स्न्यापड्रागन ८ प्लस जेन १ एसओसी (snapdragon 8+ Gen 1 SoC) चिपसेट प्रयोग गरिएको छ । १२ जीबी र १६ जीबी र्‍याममा उपलब्ध यो फोन २५६ जीबी र ५१२ जीबीको स्टोरेज भेरियन्टमा उपलब्ध छ । फोनमा ५० मेगापिक्सेलको मुख्य क्यामेरा छ । त्यस्तै ४८ मेगापिक्सेलको अल्ट्रा वाइड एंगल र ३२ मेगापिक्सेलको फ्रन्ट क्यामेरा छ । एन्ड्रोइड १३ ओएसमा आधारित यो फोनमा कलर‌ओएस १३ प्रयोग गरिएको छ । साथै फोनमा ४,५२० एमएएचको ब्याट्री दिइएको छ । 

चिनियाँ बजारमा १२ जीबी र्‍याम र २४६ जीबी स्टोरेज भेरियन्टको मूल्य ७,९९९ युआन तोकिएको छ भने १६ जीबी र्‍याम र ५१२ जीबी स्टोरेज भेरियन्टको मूल्य ८,९९९ युआन तोकिएको छ ।         

पछिल्लो अध्यावधिक: पुस ८, २०७९ ९:४८