close

डिजिटल अधिकार सम्बन्धी दुई दिने प्रशिक्षण सम्पन्न

टेकपाना टेकपाना

पुस १०, २०७९ १६:४०

डिजिटल अधिकार सम्बन्धी दुई दिने प्रशिक्षण सम्पन्न

काठमाडौं । बढ्दो इन्टनरनेट प्रयोग सन्दर्भमा डिजिटल अधिकार र डिजिटल सुरक्षाका विविध आयामको बारेमा जानकारी दिने तथा क्षमता अभिवृद्धि गर्ने उद्देश्यका साथ आयोजना भएको ‘डिजिटल राइट्स स्कूल’ सम्पन्न भएको छ । डिजिटल राइट्स नेपालले पुस ७ र ८ गतेका दिन पहिलो पटक आयोजना गरेको उक्त कार्यक्रममा विद्यार्थी, निजी तथा सरकारी क्षेत्र र नागरिक समाजका प्रतिनिधि लगायत २५ जना सहभागी भएका थिए ।

कार्यक्रममा डिजिटल अधिकारका आधारभूत विषयहरू, अनलाइन अभिव्यक्ति स्वतन्त्रता, अनलाइन गोपनीयता, डिजिटल समावेशीकरण र कनेक्टिभिटी, डेटाको गोपनीयता र संरक्षण, डिजिटल सुरक्षा, इन्टरनेट गभर्नेन्स र गलत, भ्रामक  सूचना र घृणायुक्त अभिव्यक्ति जस्ता विषयहरूमा छलफल भएको डिजिटल राइट्स नेपालका महासचिव तथा डिजिटल राइट्स स्कूलका संयोजक टंकराज अर्यालले बताएका छन् । 

डिजिटल राइट्स स्कूलका विभिन्न सत्रहरुमा नेपालबाट विशेषज्ञहरू टंकराज अर्याल, सन्तोष सिग्देल, रुकमणी महर्जन, दिपक अधिकारी तथा भारत र बंगलादेशबाट सतीश बाबु र अशरफुल हकले डिजिटल अधिकार तथा सुरक्षाका विभिन्न पक्षहरुमा प्रस्तुती दिएका थिए । डिजिटल अधिकार र डिजिटल सुरक्षाका विविध पक्षको जानकारी लिने सन्दर्भमा स्कुल निकै उपयोगी रहेको सहभागीले बताएका छन् । 

डिजिटल राइट्स स्कुल नेपालमा डिजिटल राइट्सका विभिन्न विषयमा सहभागीलाई जानकारी दिन उपयोगी भएको र डिजिटल अधिकार र डिजिटल सुरक्षाको बारेमा जानकारी दिने उद्देश्यले देशको सातै प्रदेशमा आयोजना गर्ने योजना रहेको डिजिटल राइट्स नेपालका अध्यक्ष सन्तोष सिग्देलले बताएका छन् । 


 

पछिल्लो अध्यावधिक: पुस १०, २०७९ १६:४०