close

दूरसञ्चार प्राधिकरणका सबै सेवा घरबाटै

टेकपाना टेकपाना

चैत १२, २०७६ १४:१

दूरसञ्चार प्राधिकरणका सबै सेवा घरबाटै

काठमाडौं । नियामक नेपाल दूरसञ्चार प्राधिकरणले घरबाटै सेवा दिन सुरु गरेको छ । कोरोना भाइरसको संक्रमण रोक्न मंगलबारदेखि सरकारले अत्याश्यक सेवा बाहेक देशभर लकडाउन गर्ने निर्णय गरेसँगै प्राधिकरणले पनि घरबाटै काम गर्ने व्यवस्था मिलाएको हो ।

प्राधिकरणले बुधबार त्यसबारे सूचना समेत जारी गरेको छ । ‘प्राधिकरणका महाशाखा तथा शाखा प्रमुखले मातहतका कर्मचारीमार्फत सम्बन्धित अत्यावश्यक तथा जरुरी कार्यहरु घरबाटै कार्यलयको ‘अफिस अटोमेशन प्रणाली’ प्रयोग गरी सम्पादन गर्ने व्यवस्था गरिएको छ,’ सूचनामा उल्लेख गरिएको छ ।

त्यस्तै दूरसञ्चार सेवा प्रदायकसँग आवश्यक समन्वय गरी दूरसञ्चार सेवालाई निर्वाध रुपमा सञ्चालन गरिने नियामकले जनाएको छ । अत्यावश्यक अवस्थामा भने सबै कर्मचारी कार्यलय उपस्थित हुनुपर्ने स्पष्ट पार्दै प्राधिकरणले आफ्ना कर्मचारीहरुलाई नियमित सम्पर्कमा रहन भनेको छ ।

कोरोना भाइरसको विषम परिस्थितिमा सेवा प्रदायक कम्पनी वा अन्य निकायले प्राधिकरणसँग सम्पर्क वा समन्वय गर्नु परेको खण्डमा अथवा प्राधिरणबाट निर्णय निकासा लिँदा कार्यालयको इमेल [email protected] अथवा [email protected]मार्फत सम्पर्क गर्न सकिने उल्लेख गरिएको छ ।

यसैगरी दूरसञ्चार सेवा प्रदायकले सम्पर्क गर्नुपरेको खण्डमा कम्पनीहरुले निश्चित व्यक्ति तोकेर सम्पर्क नम्बर उपलब्ध गराउनुपर्ने प्राधिकरणले बताएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६