close

ह्वाट्सएपले ब्राजिलमा सुरु गरेको ‘फेसबुक पे’ बन्द

टेकपाना टेकपाना

असार १०, २०७७ ११:४६

ह्वाट्सएपले ब्राजिलमा सुरु गरेको ‘फेसबुक पे’ बन्द

एजेन्सी । फेसबुक कम्पनीले ब्राजिलमा सञ्चालनमा ल्याएको ‘फेसबुक पे’ बन्द भएको छ । अघिल्लो सातामात्रै फेसबुकले ह्वाट्एपबाटै भुक्तानी गर्न सकिने गरी ब्राजिलमा डिलिटल भुक्तानी गेट–वेको रुपमा फेसबुक पे सार्वजनिक गरेको थियो ।

फेसबुकका संस्थापक तथा सीईओ मार्क जुकरबर्गले गत हप्तामात्रै ब्राजिल ह्वाट्सएपबाट भुक्तानी सुरु गर्ने पहिलो मुलुक भएको भन्दै फेसबुकमा पोस्ट गरेका थिए । उनले ह्वाट्सएपबाट साना व्यवसायलाई सहयोग गर्ने उद्देश्यका साथ भुक्तानी प्रणाली सञ्चालनमा ल्याइएको बताएका थिए ।

उनले ह्वाट्सएपमार्फत फोटो तथा भिडियो शेयर गरे झैं पैसा समेत आदान प्रदान गर्न सकिने उल्लेख गर्दै यो एप सुरक्षित र भरपर्दो भुक्तानी सेवाको रुपमा स्थापित हुने समेत बताएका थिए ।

तर, ब्राजिलको केन्द्रीय बैंकले भने यसरी ह्वाट्सएपले भुक्तानी सेवा सुरुगर्दा बजार बिग्रिने भन्दै बन्द गर्ने निर्णय गरेको छ । सुरक्षाको हिसाबले पनि यसमा केही कमजोरी भएको भन्दै बैंकले बन्द गर्ने निर्णय गरेको हो ।

बैंकले ह्वाट्एपको पार्टनरको रुपमा रहेको मास्टरकार्ड र भिषालाई समेत यो सेवा बन्द गर्न निर्देशन दिएको जनाइएको छ । ह्वाट्एपको दोस्रो ठूलो बजारको रुपमा लिइएको ब्राजिलमा देखिएको यो अवरोधले फेसबुक पे को भविष्य समेत अन्योलमा परेको छ ।

मेक्सिकोमा समेत सेवा विस्तार गर्ने तयारी गरिरहेको फेसबुकलाई ब्राजिलको यो निर्णयले केही असर पर्ने देखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१