एजेन्सी । बिहीबार ट्वीटरले ‘एडीट बटन’ को विषयमा लामो अध्ययन पछि प्रयोगकर्तालाई जिस्काएको छ । कम्पनीले यदि मास्कको प्रयोग व्यापक रुपमा भएको खण्डमा प्रयोगकर्तालाई आफूले गरेको ट्वीट एडिट गर्न मिल्ने फिचर उपलब्ध गराउने जनाएको छ ।
अमेरिकामा अहिले मास्क प्रयोग गर्ने विषयमा मतमतान्तर चलिरहेको छ । कोही मास्क प्रयोगको विषयमा नकारात्मक छन् त कोही मास्क प्रयोग गर्नुपर्छ भन्ने पक्षमा छन् । कोरोनाभाइरस फैलिनबाट रोक्नका लागि पनि सामाजिक सञ्जालहरुले आफ्ना प्रयोगकर्तालाई मास्क प्रयोग गर्न आग्रह गरिरहेका छन् ।
यसै बिच ट्वीटरले बिहिबार आफ्नो आधिकारिक ट्वीटर ह्यान्डलमार्फत ट्वीट गर्दै प्रयोगकर्तालाई मास्क प्रयोग गर्न आग्रह गरेको छ । प्रयोगकर्तालाई मास्क प्रयोग गर्न प्रोत्साहन गर्ने ट्वीटरको शैली भने अलिक फरक छ । उसले ट्वीटमा लेखेको छ, ‘यदी सबैले मास्क प्रयोग गरेको खण्डमा एडिट बटन उपलब्ध हुनेछ ।’
लामो समयदेखि ट्वीटरमा एडिट बटन उपलब्ध गराउनुपर्ने माग गर्दै आएका प्रयोगकर्तालाई मास्क प्रयोग गर्न आकर्षित गर्ने यो तरिकालाई युनिक रुपमा लिइएको छ । तर, ट्वीटरको यो ट्वीटले के दर्शाउँछ भने कम्पनीले कहिले नै एडिट बटन उपलब्ध गराउने छैन ।
किन भने यस अघि ट्वीटरका सह–संस्थापक ज्याक डार्सीले एडिट बटन सायद कहिलै नआउने बताएका थिए । सबैले मास्क प्रयोग गर्नु असम्भव नै भएकाले यसलाई व्यांयको रुपमा पनि हेरिएको छ ।
Proceeding to change my legal name to "EVERYONE" right now.
— Paolo Attivissimo (@disinformatico) July 2, 2020
तर यो विषमया प्रयोगकर्ताले भने ट्वीटरलाई नै उल्टै उडाइरहेका छन् । एक जना प्रयोगकर्ताले ट्वीटरको उक्त ट्वीटको रिप्लाईमा आफू आफ्नो नाम कानूनी रुपमै परिवर्तन गरी ‘एभ्रीवान’ अर्थात सबै बनाउने तयारी गरिरहेको बताएका छन् ।