close

जापानमा समेत टिकटकमाथि प्रतिबन्धको तयारी

टेकपाना टेकपाना

साउन १६, २०७७ १९:१९

जापानमा समेत टिकटकमाथि प्रतिबन्धको तयारी

एजेन्सी । एकपछि अर्को गर्दै टिकटकले आफ्नो बजार गुमाउने क्रम बढ्दै गएको छ । यसै क्रममा जापानले समेत टिकटकमाथि प्रतिबन्ध लगाउने संकेत हो ।

जापानको सत्तारुढ लिबरल डेमोक्रेटिक पार्टीका सांसदहरुले टिकटकमाथि बन्देज लगाउने कदम अगाडि बढाउने निर्णय गरेका छन् । टिकटकले आफ्ना नागरिकको डेटा संकलन गरी चिनियाँ सरकारलाई उपलब्ध गराइरहेको भन्दै आलोचना सुरु भएसँगै सत्तारुढ दल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय नजिक पुगेको हो ।

जापानका अर्थमन्त्री आकिरा आमारीको नेतृत्वमा रहेको सत्तारुढ दलका सांसदहरुको समूहले एउटा बैठक गरी टिकटक विरुद्धको कदम अगाडि बढाउने निर्णय गरिसकेको उल्लेख गरिएको छ ।

उक्त निर्णयको आधारमा आगामी सेप्टेम्बरभित्र उक्त प्रस्ताव सरकार समक्ष पेस गर्ने निर्णय भएको बताइएको छ । यसअघि भारत र चीनबीचको सीमा बिवादका कारण टिकटकले आफ्नो प्रमुख बजारमा प्रतिबन्ध खेपिरहेको छ ।

त्यस्तै अमेरिकामा समेत टिकटक प्रतिबन्ध गर्ने तयारी भइरहेको छ । अष्ट्रेलिया सरकारले प्रयोगकर्ताको डेटा चीन सरकारलाई बुझाउँदै आएको भन्दै टिकटकमाथि प्रतिबन्ध गर्न सक्ने जनाउ दिएको छ ।

तर, टिकटकले भने प्रयोगकर्ताका डेटा चीन सरकारलाई उपलब्ध गराउने विषयमा खण्डन गर्दै आइरहेको छ । कम्पनीले कुनै पनि प्रयोगकर्ताको डेटा चिनियाँ सरकारको हातामा नपुगेको दाबी गर्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०