close

एनसेलको नयाँ सजिलो सिम, ब्यालेन्स खर्चमा डेटा बोनस पाइने

टेकपाना टेकपाना

साउन ७, २०७७ १७:५६

एनसेलको नयाँ सजिलो सिम, ब्यालेन्स खर्चमा डेटा बोनस पाइने

काठमाडौं । निजी मोबाइल सेवाप्रदाय कम्पनी एनसेल प्राइभेट लिमिटेडले आफ्नो नयाँ थिम ‘प्लस’ अन्तर्गत आकर्षक नयाँ स्टार्टर प्याक ‘नयाँ सजिलो सिम’ ल्याएको छ । यो सिम लिने ग्राहकले पहिलो रिचार्ज र प्रत्येक १०० रुपैयाँ ब्यालेन्स खर्चमा बोनसमा डेटा पाउने छन् ।

नयाँ ग्राहकहरुले कर सहित मात्र ९९ रुपैयाँमा यो सिम लिन सक्ने कम्पनीले जनाएको छ । यो योजनाअन्तर्गत सिम लिएर पहिलो रिचार्ज गरेदेखि एक वर्षसम्म बोनस डेटा पाउने छन् ।

यो नयाँ सिम लिदा ग्राहकले सुरुमा २० रुपैयाँ मेन ब्यालेन्स, २०० एमबी डेटा र २० मिनेट अन नेट टक टाइम पाउनेछन् । यसरी सिमसँगै बण्डलको रुपमा प्राप्त हुने डेटा र टक टाइम सात दिनको लागि मान्य हुनेछ ।

यो नयाँ सिमको प्रमूख विशेषता भनेको सिम लिँदा पाइने थप बण्डल सेवा तथा सुविधा नै हुन् । ग्राहकले सिम लिएको दिनको भोलिपल्ट मध्यरात सम्ममा १०० रुपैयाँ वा सोभन्दा बढीको पहिलो रिचार्ज गर्दा ५०० एमबी डेटा (२५० एमबी अल टाइम अल नेटवर्क र २५० एमबी फोरजी डेटा) बोनस स्वरुप पाउँछन् । यो डेटाको समयावधि पाँच दिन रहेको छ ।

यसका साथै ग्राहकले प्रत्येक १०० रुपैयाँ मेन ब्यालेन्स खर्च गर्दा पहिलो एक वर्ष सम्म २०० एमबी डेटा (१०० एमबी अल टाइम अल नेटवर्क र १०० एमबी फोरजी डेटा) बोनस वापत पाउँछन् । उदाहरणका लागि यदि यो सिम लिने ग्राहकहरुले भ्वाइस, डेटा वा एसएमएस सेवामा १०० रुपैयाँ खर्च गरेमा उनीहरुले बोनस डेटा २०० एमबी पाउँछन् ।

यसरी प्राप्त हुने बोनस डेटा तीन दिनका लागि मान्य रहने एनसेलले जनाएको छ । एनसेलका चिफ कमर्सियल अफिसर प्रदीप श्रीवास्तवले ग्राहकहरुलाई डेटा सेवा प्रयोगको उत्कृष्ट अनुभव र त्यसको लाभ प्रदान गर्ने कम्पनीको प्रतिवद्धता अनुरुप सबै मोबाइल डेटा प्रयोगकर्ताका लागि यो नयाँ प्याक ल्याइएको बताए ।

नयाँ थिम ‘प्लस’ अन्तर्गत नै एनसेलले आफ्ना फोरजी ग्राहकका लागि आकर्षक ‘ननस्टप युट्युव प्लस’ अफर, भ्वाइस सेवाको बढी आवश्यकता रहेकाका लागि ‘इन्डलेस कुराकानी प्लस’ र साथै ‘वायर फ्री प्लस वाईफाई’ सेवाको बूकिङ पनि सुरु गरिसकेको छ ।

‘प्लस’ थिमले नवीन र विशेष सेवाहरुको साथ ग्राहकलाई हरेक पल जहाँ भए पनि सेवामा पहुँच सुनिश्चित गराउने कम्पनीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३४