close

भोलि शनिबार काठमाडौं र ललितपुरमा एनसेलको मोबाइल सेवामा समस्या आउन सक्ने

टेकपाना टेकपाना

साउन ५, २०८० १७:५९

भोलि शनिबार काठमाडौं र ललितपुरमा एनसेलको मोबाइल सेवामा समस्या आउन सक्ने

काठमाडौं । भोलि शनिबार काठमाडौं र ललितपुर जिल्लाका विभिन्न स्थानमा एनसेलको मोबाइल सेवामा समस्या आउन सक्ने देखिएको छ । कम्पनीले शुक्रबार एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

"यस एनसेल आजियाटा लिमिटेडले प्रदान गर्दै आएका सेवाहरू शनिबार साउन ६ गतेका दिन काठमाडौं र ललितपुरका विभिन्न स्थानमा प्रभावित हुनसक्ने अग्रिम जानकारी गराउन चाहन्छौं," कम्पनीले जारी गरेको सूचनामा भनिएको छ, "सोही दिन बिहान ८ः३० बजेदेखि दिउँसो ४ः३० बजेसम्म नेपाल विद्युत प्राधिकरणले टेकु सबस्टेसन स्तरोन्नति गर्ने कार्य तालिका रहेको जानकारी प्राप्त भएकाले विद्युत आपूर्ति प्रभावित भई मोबाइल टावरहरू सञ्चालनमा असर पर्न गई यस कम्पनीले प्रदान गर्ने सेवाहरू पनि प्रभावित हुनसक्ने हुँदा ग्राहक वर्गमा पर्न जाने सम्भावित असुविधा प्रति हामी क्षमाप्रार्थी छौं ।"

साथै निरन्तर सेवा प्रवाहका लागि के कसरी कार्य गर्न सकिन्छ भनेर समेत सम्बन्धित निकाय तथा साझेदारहरूसँग तदारुकताका साथ काम भइरहेको पनि कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: साउन ५, २०८० १८:५