काठमाडौं । सर्च इन्जिन अप्टिमाइजेसन अर्थात् एसईओको माग दिनदिनै बढिरहेको छ । एसईओको क्षेत्र विस्तार मात्र भइरहेको छैन, बजार पनि बढिरहेको छ ।
अहिले एसईओ महत्वपूर्ण आयको स्रोत बनेको छ । यो च्यानल अहिले वस्तु बजारीकरणकाे अभ्यास र समग्र डिजिटल रणनीतिमा समावेश गरिएको छ ।
एसईओको आफ्नै पृथक प्रकृति छ । बजारीकरणको बदलिँदो अवस्थादेखि सर्च इन्जिन र सेवाग्राहीहरुको प्राथमिकता बदलीरहेको छ । यो परिस्थितिमा तपाईं सधै माथि रहनु आवश्यक छ ।
सेवाग्राहीको स्वभावमा आइरहने परिवर्तन र सर्च इन्जिन अप्टिमाइजेसनको निरन्तर विकासका कारण एसईओ विधिहरु पनि लगातार परिवर्तन भइरहन्छन् ।
प्रतिस्पर्धी कम्पनीहरुले एकदमै अत्याधुनिक अप्टिमाइजेसन प्रविधिको प्रयोग गरिरहँदा तपाईं सधै अग्रणी स्थानमा बसिरहन सक्नुहुँदैन ।
यदि तपाईंले यो विधिलाई गलत तरिकाले गर्नु भयो भने रिकभरी एकदमै अप्ठ्यारो हुन्छ । साथै तपाईंको समय पनि नाश हुनेछ ।
आज हामी तपाईंलाई केही एसईओमा हुने गल्तीहरुका बारेमा बताउँदै छौं, जसलाई तपाईंले आजैबाट त्याग्नु पर्नेछ ।
१. आफ्नो अडियन्स नै थाहा हुन्न
एसईओको आधारभूत सिद्धान्त नै आफ्नो लक्षित अडियन्सलाई बुझ्नु र पहिचान गर्नु हो । व्यवसयीले आफ्नो सेवाग्राहीको स्वभाव र बजारलाई सुक्ष्म रुपमा बुझ्नु पर्दछ ।
ऐतिहासिक तथ्यांकले एसईओलाई सिजनल ट्रेण्ड र सेवाग्राहीहरुलाई बुझ्ने मार्केटरको विधिहरु प्रदान गर्दछ ।
एउटा आम गल्ती भनेको कीवर्ड सेलेक्सनमा हुने गर्दछ, जसमा सर्च इन्जिन र प्रयोगकर्ताहरुको रोजाइलाई बेवास्ता गर्दै लामो लङ टेल कीवर्डहरु रोज्ने गरिन्छ ।
आफ्नो वस्तु वा सेवालाई कुनै नाम राख्नुको सट्टा त्यसलाई बुझ्न वा बोलाउन सेवाग्राहीहरुले कुन शब्द चयन गर्छन् भन्ने कुरा तपाईंले बुझ्नु पर्दछ ।
टिप्स
तपाईंको सेवाग्राहीहरुले किन्ने बजाराई हेरेर म्याक्रो ट्रेण्डको बारेमा बुझ्नुहोस् ।
स्वभाव कसरी परिवर्तन भइरहेका छन् भन्ने कुरा बुझ्न ऐतिहासिक र तत्कालिन डेटा प्रयोग गर्नुहोस् ।
आफ्नो कीवर्ड सेलेक्सन र रणनीतिमा सेवाग्राहीको के-कस्तो प्रतिक्रिया पाउनुभयो त्यसलाई बुझ्नुहोस् ।
आफ्नो पहुँचभित्र रहेका गुगल कीवर्ड प्लानिङ टुल र भेण्डर टुललाई सदुपयोग गर्नुहोस् ।
२. एसईओ प्लान र रोडम्याप नै हुँदैन
सफलताका लागि एसईओ रणनीति र रोडम्याप हुन एकदमै आवश्यक छ । गत वर्ष ३६ साना व्यवसायको मात्र एसईओ रणनीति थियो ।
सफलताका लागि एसईओ रणनीति र रोडम्याप एकदमै आवश्यक पर्दछ । यदि तपाईंसँग सफलताको यो रोडम्याप छैन भने आजै तयार गर्नुहोस् ।
आफ्नो साइटलाई कहाँ राख्ने र त्यसको नतिजा कस्तो ल्याउने त्यो कुरालाई अहिले नै निर्क्यौल गर्नुहोस् ।
टिप्स
आफ्नो प्रतिस्पर्धीको र्याङ्क, कीवर्ड, सामग्री र प्रद्धर्शनलाई मूल्याङ्कन गरी बुझ्नुहोस् । आफ्नो उद्देश्य र प्रमुख सरोकारवालामाझ समझदारी कायम गरी कार्यमा उत्रिनुहोस् ।
प्रविधिमा ध्यान दिनुहोस् । ती टुल तथा प्लेटफर्मको सहयोग लिनुहोस् जसले तपाईंको कामको गति र रणनीतिलाई सहयोग गर्नेछ ।
३. गलत वस्तु उत्पादन गर्छन्
एसईओको अर्को ठूलो गल्ति भनेको अडियन्सको लागि सही सामग्री उत्पादन गर्न नसक्नु हो । तपाईं कुनै निश्चित कीवर्डमा र्याङ्क पाउन चाहनुहुन्छ तर लक्षित शिर्षकमा आधारित टेक्स्टमा फोकस नै हुन सक्नुहुँदैन ।
गुगल जस्ता सर्च इन्जिन सर्च कीवर्डका एकदमै मिल्दो जुल्दो सामग्री मात्र प्रयोगकर्तालाई पस्कने गर्छन् ।
यसैले यदि तपाईंको सामग्रीले प्रयोगकर्ताको उत्तर राम्रोसँग दिन सक्दैन भने यसले कहिल्यै पनि राम्रो र्याङ्क पाउन सक्दैन ।
यस्तो समस्या आउनु पछाडि निम्न कारणहरु छन् ।
१. एउटा सामग्रीभित्र धेरै किसिमका विषयहरु अटाउन खोज्नु ।
२. कीवर्ड समावेश गर्ने उद्देश्यले न्यून गुणस्तरको काम गर्नु ।
३. एउटै आर्टिकलभित्र धेरैवटा कीवर्ड अप्टिमाइज गर्नु ।
तपाईंले सधैं प्रयोगकर्ताको प्रश्नको सही उत्तर दिने सामग्रीहरु विकास गर्नुपर्छ । जसमा सर्च शब्दावलीका लागि सही कीवर्ड चयन गर्नुपर्दछ । ताकि सर्च इन्जिनले कुनै कीवर्डमा खोज्दा तपाईंको सामग्रीलाई ट्रयाक गर्न सकोस् ।
तर सामग्रीमा दुई गल्ती एकदमै धेरै देखिन्छन् । पहिलो भनेको सही अडियन्सलाई केन्द्रित गरेर सही सामग्री विकास भइरहेको हुँदैन । त्यसपछि भनेको सामग्रीहरु विज्ञता, आधिकारिकता र विश्वसनीयतामा आधारित हुँदैनन् ।
टिप्स
तपाईंको सामग्री एसईओ रणनीति र रोडम्यापमा आधारित छन् । तपाईंको सामग्रीले चाहेको प्रश्नकै उत्तर दिइरहेको सुनिश्चित गर्नुहोस् ।
भिडियो, भिजुअल र टेक्स्ट तथा एसईआरपी लेआउट सहित विभिन्न आवश्यता अनुसारको सामग्री तयार गर्नुहोस् ।
४. ओरिजिनल सामग्री प्रकाशन गर्दैनन्
आजभोली टेक्स्टको डुप्लिकेसन गर्ने समस्या एकदमै धेरै देखिन्छ । यसरी सामग्री कपी गर्ने तथा चोरी गर्ने कामलाई स्पाम अभ्यासको रुपमा लिइएको छ ।
यस्ता किसिमका सामग्रीले तपाईंको एसईओलाई सधै कमजोर बनाउँछ । यस्ता क्रियाकलापले तपाईंको एसईओलाई अझ पछाडि धकेलिदिन्छ ।
टिप्स
आफ्नो सामग्रीसँग मिल्ने बलियो हेडलाइन बनाउनुहोस् जसले अरुलाई मिसलिड गर्दैन । सामग्रीले उत्तर र प्रभावकारी जानकारी प्रदान गरेको सुनिश्चित गर्नुहोस् ।
मानिसहरुले आफूसँग जोड्न सक्ने र त्यसमा संलग्न हुने किसिमका सामग्री बनाउनुहोस् । स्रोत पनि विश्वासिलो तयार पार्नुहोस् ।
पाठकको अनुभवलाई समृद्ध बनाउने किसिमका भिडियो र तस्वीरहरु थप गर्दै जानुहोस् । सृजनशिल हुनुहोस् ।
५. टाइटल ट्याग र मेटा डिस्क्रिप्सनलाई छोडिदिने र कन्सेप्टलाई परिवेश प्रदान नगर्ने
आफ्नो आर्टिकलको लक्षित कीवर्ड राख्दैमा तपाईंको सामग्री अप्टिमाइज हुन सक्दैन । टाइटल ट्याग र मेटा डिस्क्रिप्सन एसईओको प्रमुख तत्वहरु हुन् । यी कुरालाई भुल्नु हुँदैन ।
यी अप्टिमाइजिङ तत्वलाई सर्च इन्जिनले सधै याद गर्दछ । यदि यी कुरालाई राम्रोसँग राख्न सकियो भने यसले सामग्रीको पर्फमेन्सलाई सुधार गर्दछ ।
केही मार्केटरहरुले आफ्नो साइटको अवधारणा पनि सर्च इन्जिनलाई बताउन भुलिरहेका हुन्छन् । सामग्री सृजना गर्नु राम्रो कुरा हो, तर यी तत्वहरु बिना सर्च इन्जिनले सामग्रीको परिवेश बुझ्नलाई सधै संघर्ष गरिरहनु पर्दछ ।
टिप्स
हरेक पेजको लागि पृथक टाइटल ट्याग लेख्नुहोस् । त्यो छोटो होस्, व्याख्यात्मक होस् तर भद्दा नहोस् ।
आफ्नो कीवर्ड मिलेको सुनिश्चित गर्नुहोस् र त्यसलाई कता राख्ने होसियार हुनुहोस् ।
टाइटल ट्यागहरु नराख्नुहोस् जुन एकदमै लामो हुन्छन् । सबै पेजहरुमा त्यसलाई पृथक बनाउनुहोस् ।
असल टाइटल र स्निपेट्स बनाउने कुरामा गुगलको उत्कृष्ट अभ्यासलाई पछ्याउनुहोस् ।
६. आवश्यक लिङ्क छुट्छन्
आफ्नो एसईओलाई उत्कृष्ट बनाउन सामग्रीमा प्रयोग हुने ब्याक लिङ्कले पनि एकदमै महत्वपूर्ण भूमिका खेल्छ ।
सन्दर्भ मिल्ने, राम्रो र्याङ्क भएको र प्रतिष्ठित वेबसाइटको लिङ्क राख्नुहोस् ।
यसरी ब्याक लिङ्क राख्दा सम्बन्धित वेबसाइटलाई पनि फाइदा हुन्छ किनभने यसले पुरानो लिङ्कहरुमा पनि ट्राफिक बढाउँछ ।
तर लिङ्क प्रयोग गर्ने मामिलामा अप्रभावकारी एङ्कर टेक्स्ट प्रयोग नगर्नुहोस् ।
टिप्स
गुणस्तर र उत्कृष्ट अभ्यासमा आधारित लिङ्क विल्डिङ प्रोग्राम बनाउनुहोस् ।
ब्रोकन लिङ्कहरुको निरीक्षण तथा चेक गर्नुहोस् र त्यसलाई मर्मत गर्नुहोस् ।
ईएटी माआधारित सामग्री बनाउनुहोस् । सामग्री गुणस्तर छ भने स्वत: लिङ्कलाई आकर्षण गर्दछ ।
निरीक्षण र निर्माणका प्रविधि र टुलहरू प्रयोग गर्नुहोस् ।
७. इन्टरनल लिङ्कसँग बाटो बिराउने
कहिलेकाहिँ तपाईं होशियार हुनुपर्ने लिङ्कहरु सामग्रीमा समावेश गर्ने गल्ति गर्नुहुन्छ ।
त्यसो त यस्ता लिङ्कले भिजिबिलिटी बढाउन मद्दत गर्नुका साथै पाठकहरुलाई आकर्षित गर्दछ । तर तपाईंको सामग्रीसँग त्यो मिल्दैन भने त्यसलाई समावेश गर्ने गल्ति नगर्नुहोस् ।
यदि त्यो मिल्दैन भने न तपाईंको लक्षित अडियन्स न त सर्च इन्जिनले नै त्यसको सराहना गर्दछ । यसलाई सर्च इन्जिनले पनि त्रूटीको रुपमा लिन्छ ।
टिप्स
शीर्षकसँग मिल्ने जुल्ने वेबसाइट र इन्टरनल लिङ्कहरु जम्मा गर्नुहोस् ।
ब्रोकन लिङ्क, स्लो पेज जस्ता मामिलाका लागि इन्टरनल लिङ्कलाई अडिट गर्नुहोस् ।
तपाईंले प्रयोग गर्ने इन्टरनल लिङ्कको संख्या सन्तुलित राख्नुहोस् ।
असान्दर्भिक पेजका लिङ्कलाई हटाइदिनुहोस् ।
८. छिटो र मोबाइलमैत्री अनुभवमा लगानी नगर्ने
एसईओ सामग्री र कीवर्डको मात्र विषय होइन । तपाईंको वेबसाइटको गुणस्तरता, मोबाइलमा यसको पर्फमेन्स पनि प्रयोगकर्ताहरुको रुचिका विषय हुन् ।
ग’गलले मोबाइल फस्ट इन्डेक्सिङबाट तपाईंको वेबसाइट गुगल र अन्य सर्च इन्जिनमा मोबाइल मैत्री छ कि छैन भनेर चेक गर्दछ ।
यदि मोबाइलमा तपाईंको वेबसाइटको प्रदर्शन राम्रो छैन भने यसको एसईओ आफैं खस्किन्छ ।
मोबाइलमैत्री नहुने वेबसाइटहरुको साइट स्पिड ढिलो हुन्छ, यसले फाइल ब्लक गर्ने, फोटो तथा भिडियोहरुलाई ढिलो लोड गर्ने, इन्ट्रेस्टियल्स एडहरु राख्ने, कमजोर लोकेसन सूचना र गैर प्रतिक्रियात्मक वेब डिजाइनका समस्या देखिन सक्छन् ।
टिप्स
आफ्नो साइटको लोडिङ टाइमलाई सुधार गर्नुहोस् ।
मोबाइलमा साइटलाई ब्राउज गर्न मिल्ने डिजाइन बनाउनुहोस् ।
उत्कृष्ट मोबाइल एक्सपिरियन्स दिने तरिकाले मोबाइल सामग्री तयार गर्नुहोस् ।
९. एसईओले डिजिटल च्यानलमा कसरी काम गर्छ त्यसलाई बुझ्न नसक्नु
एसईओको डिजिटल तथा सामाजिक आयाम पनि छन् । यो डिजिटल मार्केटिङ एउटा अक्षुण हिस्सा बनिसकेको छ । यसकारण यसले अन्य च्यानलसँग कसरी काम गर्छ भन्ने कुरालाई राम्रोसँग बुझ्नु पर्दछ ।
यदि तपाईंले आफ्नो एसईओलाई अन्य मार्केटिङ च्यानलसँग मिलाउन सक्नुभएन भने तपाईंले यसको पूर्ण प्रभावलाई मापन गर्न सक्नुहुँदैन ।
एसईओको सफलताको लागि तपाईं र तपाईको कम्पनी सधै संघर्ष गरिरहनु पर्ने हुन्छ ।
यसैले आजको दिनमा सामाजिक, ईमेल, पेड तथा पीआर यी सबै कुरा एसईओको महत्वपूर्ण हिस्साहरु हुन् ।
टिप्स
तपाईंको एसईओ रणनीतिले सबै डिजिटल च्यानलको इन्पुट र आउटपुट ख्याल राखेको कुरा सुनिश्चित गर्नुहोस् ।
आफ्नो संस्थामा एसईओको सफलताको प्रचारसँगै यसले अन्य च्यानलसँग कसरी मिलेर काम गर्छ भनेर पनि देखाउनुहोस् ।
डिजिटल समकक्षीहरुसँग आन्तरिक वा बाह्रय दुबै तरिकाले निरन्तर सम्पर्क बनाइरहनुहोस् ।
१०. एनालिटिक्स प्रयोग नगर्ने र गलत टुल तथा प्रविधिको प्रयोग
तपाईंको सामग्री र एसईओ सही दिशामा गइरहेको कुरा थाहा पाउने एउटै तरिका भनेको प्रगतिलाई ट्रयाक गर्नु हो । धेरै मार्केटरले अंकलाई मतलब गर्दैनन्, तर यो गलत अभ्यास हो ।
आफ्नो रिजल्टलाई अप्टिमाइज गर्न एनालिटिक्सलाई अवलोकन गर्न र मूल्याङ्कन गर्न अत्यन्तै आवश्यक छ ।
गुगलमा एनालिटिक्स तथा सर्च कन्सोल जस्ता धेरै टुल छन् जसबाट तपाईंले आफ्नो वेबसाइटको प्रदर्शनलाई मापन तथा मूल्याङ्कन गर्न सक्नुहुन्छ ।
अझ एसईओको प्रविधि पनि पछिल्लो वर्षमा व्यापक रुपमा विकास भइरहेको छ । यस्ता धेरै टुल तथा प्लेटफर्महरु छन्, जसले तपाईंलाई सामग्रीमा भइरहेका गल्तीलाई पहिचान गरी सच्याउन मद्दत गर्दछ ।
समाधानका उपायहरु
कीवर्ड रिसर्च
एसईओ व्यवस्थापन तथा कार्यप्रवाह
लिङ्क व्यवस्थापन, रिपोर्टिङ तथा मापन
प्रतिस्पर्धात्मक विश्लेषण
अटोमेसन
टिप्स
तपाईं र तपाईंको संस्थाको आवश्यकतालाई सम्बोधन गर्ने टुल तथा प्लेटफर्मको खोजी गर्नुहोस् ।
तपाईंको एसईओ रणनीतिको केही पाटोमा सहयोग गर्नस क्ने टुलहरु न्यून शुल्कमा नै उपलब्ध छन् ।
प्लेफर्मले धेरै आवश्यकता समेट्न सक्छन् । तर यी महंगा हुन्छन् । टुल र प्लेटफर्मले तपाईंको कामको गतिलाई बढाएर एसईओ रणनीति कार्यान्वयन गर्न मद्दत गर्दछ ।