close

दक्षिण एसियाको ‘टेलिकम ल फर्म अफ दी इयर’ बाट डेल्टा ल सम्मानित

टेकपाना टेकपाना

मंसिर २, २०७७ १७:४८

दक्षिण एसियाको ‘टेलिकम ल फर्म अफ दी इयर’ बाट डेल्टा ल सम्मानित

काठमाडौं । डेल्टा ल प्राइभेट लिमिटेडले दक्षिण एसियाको ‘टेलिकम ल फर्म अफ द इयर’ को उपाधि पाएको छ । एआई ग्लोबल मिडियाको एक्युजिसन इन्टरनेश्नल मासिक डिजिटल बिजनेस म्यागेजिनले वर्षैपिच्छे विभिन्न शीर्षकमा विश्वभरका ल फर्महरुलाई अवार्ड प्रदान गर्दै आइरहेको छ ।

काठमाडौंमा कार्यालय रहेकाे डेल्टा ल फर्मले टेलिकम, साइबर अपराध, ईकमर्श, फिनटेक, बौद्धिक सम्पत्ति, मिडिया, सफ्टवेयर, स्टार्टअप, सोसल मिडिया, ट्रेड कमर्श, ट्याक्स लगायतका विभिन्न कानूनी विषयहरुमा विश्वव्यापी पहुँच तथा मापदण्डभित्र रहेर कानूनी परमर्शको सेवा दिँदै आइरहेको छ । 

एक्युजिसन इन्टरनेश्नलको अवार्ड नोमिनेसनमा सहभागी हुन म्यागेजिनका सब्सक्राइबर्स, अनलाइन भिजिटर, सोसल मिडिया फलाेअर्स, क्लाइन्ट आदिले अनलाइन नोमिनेसन फर्म भर्नु पर्दछ । 

ती नोमिनीहरुले व्यवसायका विभिन्न क्षेत्रहरुमा सकरात्मक प्रभाव कायम गर्न सफल आफ्नो कम्पनी, कम्पनीभित्रका सहकर्मी वा कुनै थर्ड पार्टी बिजनेस हाउसहरुलाई पनि नोमिनेट गर्न सक्छन् ।

त्यसपश्चात एक्युजिसन इन्टरनेश्नलको अवार्ड जुरी मेम्बरले नोमिनीले बुझाएको डकुमेन्ट र सार्वजनिक रुपमा उपलब्ध स्रोतहरुका आधारमा कम्पनीको क्लाइन्ट डेडिकेसन, व्यवसायिक वृद्धि, दीर्घायु, अनलाइन प्रतिष्ठा, क्लाइन्टको फिडब्याक र व्यवसायिक प्रदर्शनीको आधारमा विश्लेषण गर्दछन् । 

साथै यस अवार्डमा भोटिङको पनि सुविधा रहेकाे थियाे । यस वर्षको अवार्डका लागि जून ८ देखि अगस्ट ३ सम्म भोटिङ खुल्ला गरिएको थियो । 

अवार्ड प्राप्त गर्ने विजयीले विभिन्न किसिमका ‘पेड एडिसनल बेनिफिट’ पाउन सक्नेछन् । साथै सबै अवार्ड विजयी कम्पनीहरुले नि:शुल्क प्रोमोसनल प्याकेज पनि पाउने एआईको पेजमा उल्लेख छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०