close

वर्ल्डलिङ्कको अफरः १ महिनाको इन्टरनेट प्याकेजमै २४ हजार पर्ने ३२ इञ्च टेलिभिजन र नेट टीभी !

टेकपाना टेकपाना

कात्तिक २२, २०७६ १३:५३

वर्ल्डलिङ्कको अफरः १ महिनाको इन्टरनेट प्याकेजमै २४ हजार पर्ने ३२ इञ्च टेलिभिजन र नेट टीभी !

नेपालकै सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले धमाकेदार अफर ल्याएको छ । कम्पनीले ३२ ईञ्च टिभी सहितको प्याकेजलाई १४ हजार २४० रुपैयाँमा समेत उपलब्ध गराउन थालेको हो । जब कि उक्त टेलिभिजनको बजार मूल्य नै २४ हजार ५९० पर्न जान्छ ।

कम्पनीका अनुसार १४ हजार २४० रुपैयाँमै ग्राहकले ३२ इञ्चको सीजी एलईडी टेलिभिजनकाे साथमा २५ एमबीपीएस गतिमा चल्ने एक महिनाको इन्टरनेट र नेट टीभी समेत पाउनेछन्  । ३२ इञ्चको टेलिभिजनलाई राखेर कम्पनीले विभिन्न प्याकेजहरू तयार पारेकाे छ । जसअनुसार १६ हजार ७४० रुपैयाँमा तीन महिना तथा १९ हजार ९९० रुपैयाँमा ६ महिनासम्मको २५ एमबीपीएस गतिकाे इन्टरनेट र नेट टीभी सेवाकाे साथमा ३२ इञ्चको टीभी पाउनेछन् ।

यसैगरी २५ हजार ९९० रुपैयाँमा एक वर्षका लागि साेही गतिकाे इन्टरनेट तथा नेट टीभीको साथमा ३२ इञ्चकै टीभी दिने कम्पनीले जनाएको छ । यी प्यपाकेजमा राखिएको नेट टीभीलाई एउटा टीभीमा मात्र चलाउन सकिनेछ ।

२५ एमबीपीएस भन्दा माथिको गतिमा चल्ने इन्टरनेट सहितका प्याकेजमा समेत ३२ इञ्चको टेलिभिजनलाई समेटिएको छ । जसअनुसार ३२ इञ्चको एलईडी टेलिभिजनसँगै एक महिना, तीन महिना, ६ महिना र एक वर्षको ४० एमबीपीएस इन्टरनेट तथा नेटटीभीको मूल्य क्रमशः केवल १४ हजार ४९०, १७ हजार ४९०, २१ हजार ४९० र २७ हजार ४९० मात्र राखिएको छ । यी प्याकेजमा राखिएको नेट टीभी भने दुई ओटा टेलिभिजनमा जोडेर हेर्न मिल्नेछ । 

यदी तपाई तीन ओटा टेलिभिजनमा जोडेर हेर्न मिल्ने नेट टीभी सहितको प्याकेज चाहिरहनुभएको छ भने त्यसका लागि समेत वर्ल्डलिंकले छुट्टै प्याकेज तयार पारेकाे छ । जसअनुसार एक महिना, तीन महिना, ६ महिना र १२ महिनाको ४० एमबीपीएस गतिमा चल्ने इन्टरनेट तथा नेट टीभी सहितको ३२ इञ्च टिभी रहेको प्याकेजका लागि क्रमशः १४ हजार ६९०, १७ हजार ७९०, २२ हजार ३९०  र २८ हजार ९९० रुपैयाँ मात्रै छ । 

यति मात्र होइन अझै थप स्पिडमा चल्ने इन्टरनेट सहितको प्याकेज तपाईंको आवश्यकता हो भने त्यसका लागि समेत चिन्ता लिनुपर्ने अवस्था छैन । त्यसका लागि ६० एमबीपीएस गतिमा चल्ने इन्टरनेट र नेट टीभी सहित ३२ इञ्च एलईडी टिभी सहितका विभिन्न प्याकेज बनाइएको छ । जसअनुसार एक महिना तीन महिना ६ महिना र १२ महिनाको इन्टरनेट र नेट टीभी प्याकेज सहितको टेलिभिजनका लागि क्रमशः १५ हजार २५०, १९ हजार ३९०, २४ हजार ९९० र ३३ हजार ९९० रुपैयाँ मात्र राखिएको छ । 

यति मात्र हैन, वर्ल्डलिंकका कुनै पनि अफरमा सहभागी हुने ग्राहकले भक्तानी सेवा प्रदायक खल्तीको मोबाइल एपमा २४० रुपैयाँ स्योर सट ब्यालेन्स सहित अन्य आकर्षक गिफ्ट ह्याम्पर समेत पाउनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३०