काठमाडौं । अबदेखि काठमाडौंका सबै ठाउँमा सीजी नेट जडान गर्न सकिने भएको छ । कम्पनीले काठमाडौं उपत्यकाको अधिकांश क्षेत्रमा सेवा विस्तार गरेसँगै यस्तो सुविधा उपलब्ध भएको हो ।
सीजी नेटका प्रमुख कार्यकारी अधिकृत सञ्जय पोखरेलले उपत्यकाका सबै क्षेत्रमा इन्टरनेट पुर्याउन कम्पनी सक्षम भएको जानकारी दिए । यससँगै काठमाडौंबासीले चाहेको समयमा इन्टरनेट जडान गर्न सक्ने उनले बताए ।
सीजी नेटले ९ सय ९९ रुपैयाँमा १२० एमबीपीएस गतिको इन्टरनेट उपलब्ध गराउँदै आएको छ । कम्पनीले पछिल्लो पटक मासिक ६ सय ४९ रुपैयाँमै ५० एमबीपीएसको सस्तो प्याकेज पनि सार्वजनिक गरिसकेको छ । नयाँ प्याकेज पछि बजारमा माग बढेको कम्पनीले जनाएको छ ।
सीजीले गत जेठदेखि काठमाडौंका सिमित क्षेत्रबाट आफ्नो सेवा सुरु गरेको थियो । अहिले ग्राहक सङ्ख्या १० हजार नाघिसकेको कम्पनीले जनाएको छ । सस्तो मुल्यमा तीव्र गतिको इन्टरनेट खोज्नेका लागि सीजी नेट सबैभन्दा उपयुक्त रहेको कम्पनीको दाबी छ ।