close

स्पेस एक्समा लगानी थपिएसँगै एलन मस्क पुनः संसारकै धनाढ्य व्यक्ति

टेकपाना टेकपाना

फागुन ९, २०७७ १४:५४

स्पेस एक्समा लगानी थपिएसँगै एलन मस्क पुनः संसारकै धनाढ्य व्यक्ति

काठमाडौं । टेस्ला तथा स्पेस एक्स कम्पनीका सीईओ एलन मस्क पुनः विश्वका धनाढ्य व्यक्ति बनेका छन् । केही दिनअघि मात्र मस्कलाई उछिन्दै पहिलो स्थानमा उक्लिएका अमेजनका सीईओ जेफ बेजोसलाई दोस्रो स्थानमा झरेका छन् ।

ब्लुमबर्ग इन्डेक्स अनुसार मस्कको पछिल्लो सम्पत्ति १९९.९२ बिलियन डलर अर्थात् करिब २३२ खर्ब ३१ अर्ब ६८ करोड करोड रुपैयाँ पुगेको छ । बेजोसको कुल सम्पत्ति १९४.२ बिलियन डलर छ ।

मस्क पुन: नम्बर एक आउनुमा स्पेस एक्स कम्पनीले हालै सेक्वइया क्यापिटल कम्पनीलगायतका लगानीकर्ताबाट ८५० मिलियन डलर उठाउनुलाई लिइएको छ ।

गत फेब्रुअरी १६ सम्म मस्कको सम्पत्ति १७३ बिलियन डलर थियाे । ब्लुमबर्ग इन्डेक्सका अनुसार स्पेस एक्सको हालको बजार मूल्य ७४ बिलियन डलर पुगेको छ, जुन गत अगष्ट महिनाको भन्दा ६० प्रतिशतले बढी हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१