close

गुगल फोटोजमा अब फोटोहरुको कलेक्सन क्याटेगोरी देखिने

टेकपाना टेकपाना

चैत १४, २०७७ ११:४५

गुगल फोटोजमा अब फोटोहरुको कलेक्सन क्याटेगोरी देखिने

काठमाडौं । गुगल फोटोजको मेमोरी फिचरले अब निश्चित वर्गभित्र रहेका फोटोहरुको कलेक्सन तपाईंलाई देखाउने छ । ती कलेक्सन पेजको माथिल्लो भागमा देखिनेछ र त्यहाँ ती क्याटेगोरीको नाम समेत रहने छन् ।

यदि तपाईं पनि आफ्नो मेमोरी हेर्न चाहनुहुन्छ भने गुगल फोटोज एप खोल्नुहोस् र स्क्रिनको तल्लो भागमा फोटोजमा ट्याप गर्नुहोस् । स्क्रिनको माथिल्लो भागमा तपाईंले आफ्नो मेमोरी देख्नुहुनेछ । ती कलेक्सन क्याटेगोरीको लाइनमा तपाईंले दायाँ र बायाँ ट्याप गर्दै अघिल्लो र पछिल्लो फोटो हेर्न सक्नुहुन्छ ।

अघिल्लो वा पछिल्लो मेमोरीमा स्किप गर्ने हो भने दाँया वा बाँया स्वाइप गर्न सक्नुहुन्छ । फोटोमा छोइरहँदा त्यो फोटो पज हुन्छ ।

तपाईंको एपको स्क्रिनको माथि तबमात्र मेमोरी स्लाइड शाे देखिन्छ, जब तपाईं कुनै एक अप्सन चयन गर्नुहुन्छ । यसका लागि तपाईंले सबैभन्दा पहिले गुगल फोटो एप खोल्नुपर्छ ।

त्यसपछि माथिल्लो दाँयातिर रहेको प्रोफाइल पिक्चर क्लिक गर्नुहोस् । अनि मेमोरिज ट्याप गर्दै फिचर मेमोरिजमा जानुहोस् । यदि गरेपछि तपाईंले मेमोरी स्लाइड चयन गरेर हेर्न सक्नुहुन्छ । 

यदि तपाईं आफ्नो ममोरीबाट कसैलाई लुकाउन चाहनुहुन्छ भने आफ्नो प्रोफाइल पिक्चर ट्याप गर्नुहोस् र फोटो सेटिङमा गएर मेमोरिज हुँदै हाइड पिपल एण्ड पेट्समा क्लिक गर्नुहोस् । त्यहाँ हाइड गर्न चाहेको मान्छेहरुलाई चयन गर्नुहोस् ।

तपाईंले पुनः ती मानिसहरु आफ्नो तस्वीरमा देखाउन् जस्तो लाग्छ भने उनीहरुको फेसमा टयाप गरी अनहाइड गर्नुहोस् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१