close

स्पेसएक्सको स्टारलिङ्क स्याटेलाइटका कारण स्पेस ट्राफिक र टकरावको खतरा

टेकपाना टेकपाना

चैत १७, २०७७ १५:५८

स्पेसएक्सको स्टारलिङ्क स्याटेलाइटका कारण स्पेस ट्राफिक र टकरावको खतरा

काठमाडौं । ‍अहिले एलन मस्कको स्पेसएक्सले हरेक महिना रकेटबाट स्टारलिङ्क इन्टरनेट नेटवर्क विश्वभर प्रक्षेपण गरिहरेको छ ।

तर भू-उपग्रह इन्टरनेट नेटवर्कको तीव्र विस्तारले अन्तरिक्षका वस्तुहरुबीच टकरावको खतरा बढाउने र यसले अन्तरिक्षामा धेरै फोहोर गर्ने चिन्ता यस क्षेत्रका विज्ञहरुले गरेका छन् ।

हालसम्म स्पेसएक्सको स्टारलिङ्कले करिब १३ सय भू-उपग्रहहरु पृथ्वी कक्षमा प्रक्षेपण गरिसकेको छ । यस्तै २०२७ को मध्यसम्ममा कम्पनीले ४२ हजार स्पेसक्राफ्टबाट एउटा मेगाकन्स्टिलेसन अर्थात् वृहत नक्षत्र स्थापना गर्ने योजना लिएको छ ।

तर यदि पृथ्वी कक्षमा भू-उपग्रहरुबीचको सञ्चार र अपरेसन असफल भयो भने अन्तरिक्ष ट्राफिकका लागि हानिकारक हुनसक्ने बताइएको छ ।

तल्लो पृथ्वी कक्षको तल्लो भाग अर्थात् एलईओमा स्टारलिङ्क भू-उपग्रहले ‘स्पेस अब्जेक्ट पपुलेसन’ लाई पूर्णरुपमा दबाएको हाभर्ड स्मिथसोनियन सेन्टर अफर एस्ट्रोफिजिक्सका अन्तरिक्षविद् जोनाथन म्याकडोवेल बताउँछन् ।

म्याकडोलका अनुसार एलईओमा तीन सय जति भू-उपग्रहरु छन् भने अन्तराष्ट्रिय स्पेस स्टेसनमा १३ सय स्टारलिङ्क भूउपग्रहरु छन् ।

यी प्रत्येक भू-उपग्रहले प्रति घण्टा १८ हजार माइल्सको यात्रा गर्दछ र यी सबै विभिन्न दिशामा यात्रा गर्ने म्याकडोवेल बताउँछन् । यदि ती एकअर्कासँग ठोक्किए भने भू-उपग्रहबाट हाइपरसोनिक सकवेब उत्पन्न हुने र भू-उपग्रह हजारौं टुक्रामा विभाजित भएर पृथ्वीको वरिपरी सेलको रुपमा रहने म्याकडोवेल बताउँछन् ।

यस्ता फोहोरहरु अन्य स्पेस प्रयोगकर्ताका लागि समस्या हुने र आकाशलाई निरीक्षण गर्ने अन्तरिक्षार्थीहरुका लागि यसले अवरोध सृजना गर्ने छ ।

म्याकडोवेल हिसाब गर्दै नोभेम्बरमा मात्र स्टारलिङ्कका २.५ प्रतिशत भू-उपग्रहरु पृथ्वीकक्षमा असफल भएको हुनसक्ने बताउँछन् । यदि यही असफलता निरन्तर रहिरहने हो भने स्पेसएक्सको सम्पूर्ण नियोजित नक्षत्रबाट करिब हजारभन्दा धेरै असफल भू-उपग्रह निस्कने उनको दाबी छ ।

स्टारलिङ्कले भने आयन ड्राइभ प्रयोग गरेका कारण भू-उपग्रहरुबीच टकराव नहुने जिकिर गरेको थियो ।

गत अक्टोबरमा स्टारलिङ्कले उत्तरी अमेरिकाभरी एउटा बेटा परीक्षण गरेको थियो । जहाँ प्रयोगकर्ताहरुले मासिक सय डलरमा पाँच सय डलर मूल्यको उपकरण खरिद गरी उक्त बेटा परीक्षण गरेका थिए ।

हाल यो विश्वभरका ६ वटाभन्दा धेरै मुलुकमा सञ्चालन भइरहेको छ भने यसका १० हजारभन्दा धेरै प्रयोगकर्ताहरु छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३