काठमाडौं । केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवाप्रदायक सुबिसु केबलनेट प्रालिले नयाँ वर्षको अवसरमा नयाँ योजना सार्वजनिक गरेको छ । कम्पनीले ‘इन्टरनेट मस्त, जीवन स्वस्थ’ नामक नयाँ योजना ल्याएको हो ।
याे याेजनामा सुबिसुका ग्राहकले एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा प्राप्त गर्नेछन् । स्वस्थ जीवनको महत्वलाई ध्यानमा राख्दै कम्पनीले इन्टरनेट र क्लियर टिभी सेवाको नयाँ जडान तथा नवीकरणमा एक लाखसम्मको निःशुल्क स्वास्थ्य बीमा प्रदान गर्ने भएको हो ।
यो योजना २० एमबीपीएसभन्दा माथिको इन्टरनेट प्याकेजमा लागू हुने कम्पनीले जनाएको छ ।कम्पनीले शिखर इन्स्युरेन्ससँग सहकार्यमा स्वास्थ्य बीमा सञ्चालनमा ल्याएको हो ।
ग्राहकले नेपाल र भारतमा उपचारार्थ एक लाख सम्मको स्वास्थ्य बीमा प्राप्त गर्नेछन् । आकस्मिक स्वास्थ्य उपचारमा पर्न जाने आर्थिक भारलाई यसले धेरै हदसम्म सहयोग पुर्याउने विश्वासका साथ कम्पनीले यो अफर अघि बढाएको हो ।