close

गुगल फोटोजको विकल्पमा यी हुन सक्छन फोटो सुरक्षित राख्ने माध्यम

टेकपाना टेकपाना

जेठ १९, २०७८ १०:४४

गुगल फोटोजको विकल्पमा यी हुन सक्छन फोटो सुरक्षित राख्ने माध्यम

काठमाडौं । म‌गलबारदेखि गुगल फोटेजमा उपलब्ध हुँदै आएको अनलिमिटेड अपलोड फिचर बन्द भएको छ । योसँगै अब प्रयोगकर्तालाई गुगल अकाउण्टमा जम्मा १५ जीबी उपलब्ध हुनेछ, जसमा जिमेल, गुगल ड्राइभ, गुगल फोटोजका सम्पुर्ण कुरा समावेश हुनेछ । त्यो हुँदा तपाईंका सबै फोटाे गुगलमा अपलोड गरेर राख्न सकिने अवस्था रहँदैन ।

त्यस्तोमा तपाईंले कि त गुगलमा स्टोरेजका लागि पैसा तिर्नुपर्‍यो अथवा भएको पुराना फोटोलाई डिलिट गर्दै नयाँ फोटो अपलोड गर्नुपर्‍यो । जुन व्यवहारिक हुँदैन । त्यस्तोमा गुगल फोटोजको विकल्प के हुन सक्छ त ?

यहाँ हामी तपाईंहरुलाई केही नयाँ प्लेटफर्मको बारेमा जनकारी दिँदै छौं । जहाँ तपाईंले आफ्ना फोटाे तथा फाइलहरु अपलोड गरेर सुरक्षितरूपमा राख्न सक्नुहुन्छ ।

१. डेगो- १०० जीबीसम्मको निःशुल्क क्लाउड स्टोरेज 

डेगोले तपाईंलाई १०० जीबीसम्म नि:शुल्क क्लाउड स्टोरेज प्रदान गर्दछ । तर यसमा धेरै सीमितता छन् । सबैभन्दा ठूलो सीमितता भनेको यसमा तपाईंले तीनवटा डिभाइसबाट मात्र फाइल अपलोड गर्न पाउनुहुन्छ ।

तर फाइल डाउनलोड गर्न तथा हेर्न यसमा त्यस्तो कुनै लिमिटेसन छैन । यसमा फाइल साइज भने ५१२ सम्मको हुन्छ । 

Degoo free cloud storage

यसमा विज्ञापन भने प्रशस्तै आउने गर्छ । अकाउन्टलाई एक्टिभ बनाउन तपाईंले ९० दिनमा कम्तिमा एकपटक अकाउन्ट खोल्नुपर्ने हुन्छ । यो एकदमै युजरफ्रेन्ड्ली स्टोरेज हो ।

२०१२ मा स्थापना भएको स्विडेन बेस्ड यो कम्पनीको अर्को सब्सक्रिप्सन बेस सेवा पनि लिन सक्नुहुन्छ । यसका लागि भने तपाईंले २.९९ डलर प्रति महिना शुल्क तिर्नुपर्ने हुन्छ । 

२. मेगा- ५० जीबीसम्मको नि:शुल्क क्लाउड स्टोरेज 

२०१३ मा स्थापना भएको न्युजिल्याण्ड बेस्ड कम्पनी मेगा नि:शुल्क स्टोरेज स्पेसको आधारमा दोस्रो स्थानमा आउँछ । यसले १५ देखि ५० जीबीसम्मको नि:शुल्क क्लाउड स्टोरेज प्रदान गर्दछ । तर मेगाले यो ५० जीबीको स्टोरेज प्रयोग गरेको पहिलो ३० दिनसम्म मात्र प्रदान गर्दछ ।

Mega cloud

त्यसपछि पुन: यो स्पेस १५ जीबीमा झर्नेछ । तपाईंले डेस्क्टप एप इन्स्टल गरेर २० जीबीको अतिरिक्त र मोबाइल एपमा १५ जीबी स्टोरेज पाउन सक्नुहुन्छ ।

तर यी दुवै १८० दिनपछि एक्सप्यार हुन्छ । तपाईंको कुनै पनि साथीले यो सेवामा साइनअप गरेको खण्डमा तपाईंले पुनः १० जीबीको नि:शुल्क स्पेस पाउन सक्नुहुन्छ ।

तपाईंले अपलोड गर्ने फाइलको साइजमा मेगाले कुनै पनि किसिमको लिमिटेसन राखेको छैन । प्रत्येक ६ घण्टामा तपाईंले १ जीबीकै फाइल पनि अपलोड गर्नसक्नुहुन्छ । यसको पेड सेवा भने प्रति महिना ५.९१ डलर पर्दछ । 

३. बक्स- १० जीबी नि:शुल्क क्लाउड स्टोरेज 

बक्स एउटा लोकप्रिय क्लाउड स्टोरेज प्रदायक कम्पनी हो । यसमा तपाईंले १० जीबीसम्म नि:शुल्क स्टोरेज पाउन सक्नुहुन्छ । यसमा तपाईंले २५० एमबीभन्दा धेरै ठूला फाइल अपलोड गर्न सक्नुहुन्न । 

Box promo image

यसमा अन्य कम्पनीको भन्दा स्ट्याण्डर्ड फिचरहरु छन् । जस्तै तपाईंले फाइललाई मिलाउन विभिन्न नयाँ फोल्डर बनाउन सक्नुहुन्छ । केही क्लिकमै फाइल शेयर गर्न सक्नुहुन्छ । विभिन्न प्लेटफर्मबाट फाइल एक्सेस गर्न सक्नुहुन्छ । २००५ मा अमेरिकामा स्थापना भएको यो कम्पनीको पेड सेवा प्रति महिना ५ डलरमा उपलब्ध छ । 

४. पी क्लाउड- १० जीबीसम्म नि:शुल्क क्लाउड स्टोरेज 

पीक्लाउड, बक्स र ड्राइभ जतिको लोकप्रिय छैन । तर यो एकदमै राम्रो सेवाप्रदायक हो । यसमा तपाईंले १० जीबीसम्म क्लाउड स्टोरेज नि:शुल्क पाउन सक्नुहुन्छ । यसमा अपलोड गर्न कुनै पनि फाइल साइज लिमिटेसन हुँदैन । 

pCloud online storage

यसमा धेरै राम्रा फिचरहरु पनि छन् । ३० दिनभित्र पुरानो अकाउन्टलाई रिकभर तथा एक्सेस गर्न सक्ने, विभिन्न डिभाइस तथा प्लेटफर्ममा फाइल एक्सेस तथा शेयर गर्न मिल्ने यसमा सुविधा छन् । यसमा ब्युल्ट इन भिडियो र अडियो प्लेयर्स पनि छन् । तपाईंलाई अझै धेरै स्टोरेज चाहिएको छ भने तपाईं मासिक प्लान र वान टाइम लाइफटाइम  फीको स्किम पनि लिन सक्नुहुन्छ ।

२०१३ मा स्थापना भएको स्विटजरल्याण्ड आधारित यस कम्पनीको पेड सेवा भने ३.९९ डलर मासिकबाट सुरु हुन्छ । 

५. आइस ड्राइभ- १० जीबीसम्म निःशुल्क क्लाउड स्टोरेज 

आइसड्राइभ बजारमा आएको नयाँ सेवा प्रदायक हो । २०१९ जनवरीमा सार्वजनिक भएको यो बेलायत आधारित कम्पनीले तपाईंलाई ३ जीबी दैनिक ब्याण्डविथ र १० जीबीको नि:शुल्क स्टोरेज प्रदान गर्दछ । यसले तपाईंको फाइल अपलोडको साइजलाई पनि सीमित बनाइदिएको छ । 

Icedrive free cloud storage

नयाँ भएको कारण यसमा त्यति धेरै फिचर त छैनन् । यद्यपि यसमा टु फ्याक्टर अथेन्टिकेसनको सुविधा छ । यसको पेड सेवाका लागि भने मासिक १.६७ डलरको स्किम छ । 

६. एमआइ मिडिया – १० जीबीसम्मको नि:शुल्क क्लाउड स्टोरेज

एमआइ मिडिया एउटा क्लाउड स्टोरेज हो, जुन इमेज भिडियो जस्ता मिडिया फाइलका लागि विशेष क्लाउड स्टोरेज हो । त्यसो त यसमा तपाईंले डक्युमेन्ट तथा अन्य फाइलहरु पनि सेभ गर्नसक्नुहुन्छ । यसको अपलोड स्पिड अन्यको भन्दा छिटो छ । यसमा १० जीबीसम्म निःशुल्क स्टोरेज उपलब्ध छ । 

MiMedia free cloud storage

अपलोड गर्नका लागि यसमा ५ जीबी फाइल साइज निर्धारित छ । यसको एप कम्प्युटर, म्याक, एन्ड्रोइड र आइओएस सबैमा उपलब्ध छ । २०१० मा अमेरिकामा सुरु भएको यसको सेवाको पेड सर्भिस भने ७.९९ डलर प्रति महिनामा उपलब्ध छ । 

७. मिडियाफायर- १० जीबीसम्मको नि:शुल्क क्लाउड स्टोरेज 

मिडियाफायरमा तपाईले फाइललाई सजिलै स्टोर तथा शेयर गर्नसक्नुहुन्छ । यसमा तपाईंले १० जीबीसम्मको नि:शुल्क स्टोरेज पाउन सक्नुहुन्छ । यसमा अपलोड गर्ने फाइल साइज भने ४ जीबीसम्म निर्धारण गरिएको छ । 

App Bar and My Files mediafire

यसलाई तपाईंले विण्डोज, एन्ड्रोइड र आइओएस सबै प्लेटफर्ममा प्रयोग गर्नसक्नुहुन्छ । यसमा सबै किसिमका फाइल तथा डक्युमेन्ट राख्न मिल्छ । तर विज्ञापन भएको हुँदा यो अलिक झन्झटिलो छ ।

२००६ मा अमेरिकामा स्थापना भएको मिडियाफायरको पेड सेवा भने मासिक ३.७५ डलर रहेको छ । 

 ८. सिङ्कप्लिसिटी- १० जीबीसम्मको निःशुल्क क्लाउड स्टोरेज 

२००८ मा फ्रान्समा स्थापना भएको सिङ्कप्लिसिटी कम्पनीले तपाईंलाई निःशुल्क १० जीबीसम्म निःशुल्क क्लाउड सेवा उपलब्ध गराउँछ ।

Syncplicity

यसमा सबै किसिमका आधारभूत फिचरहरु उपलब्ध छन् र अपलोड गर्ने फाइल साइजको भने कुनै लिमिटेसन छैन । यसको पेड सर्भिस भने मासिक ५ डलरको रहेको छ । 

९.  वानड्राइभ- ५ जीबीसम्मको नि:शुल्क क्लाउड स्टोरेज 

यो सूचीमा माइक्रोसफ्टको वान ड्राइभ पनि एउटा राम्रो निःशुल्क क्लाउड सेवा हो । यसमा ५ जीबीसम्म तपाईंले नि:शुल्क क्लाउड स्टोरेज स्पेस पाउन सक्नुहुन्छ । तर यसका लागि तपाईंसँग माइक्रोसफ्टको अकाउन्ट हुन जरुरी छ ।

Exciting New Features Coming to OneDrive | Pivotal IT

यसमा अन्य सेवामा जस्तै आधारभूत फिचरहरु छन् । यसले अतिरिक्त संवेदनशील डकुमेन्टलाई थप सुरक्षा प्रदान गर्न पर्सनल भल्टको व्यवस्था गरेको छ ।

२०१४ मा अमेरिकामा स्थापना भएको यस कम्पनीको पेड सेवाका लागि १.९९ डलर प्रति महिना भुक्तानी गर्न पर्दछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३