close

स्न्यापच्याट क्र्यास हुने समस्याको समाधान, एप अपडेट गर्न आग्रह

टेकपाना टेकपाना

असार १५, २०७८ १३:१२

स्न्यापच्याट क्र्यास हुने समस्याको समाधान, एप अपडेट गर्न आग्रह

काठमाडौं । केही दिनदेखि एन्ड्रोइड तथा आईओएसमा स्न्यापच्याट प्रयोगकर्ताले एप आफैं क्रयास हुने समस्या भोगिरहेका थिए । एप खोल्दा केही समयमा क्रयास हुने समस्या देखिएपछि धेरै प्रयोकगर्ताले यो विषयमा सामाजिक सञ्जालमार्फत जानकारी गराएका थिए ।

‘समथिङ वेन्ट रङ, प्लिज ट्राइ अगेन लेटर’ भन्ने म्यासेज स्क्रिनमा देखिने गरेको थियो । प्रयाेगकर्ताले सामाजिक सञ्जालमार्फत कम्पनीलाई रिपोर्ट गरेसँगै याे समस्या समाधान भएको जनाइएको छ ।

कम्पनीले क्र्यास हुने समस्याकाे समाधानसहित स्न्यापच्याटको नयाँ भर्सन सार्वजनिक गरेको छ । विशेषगरी यो समस्या आईओएसमा देखिएको थियो । तर, केही एन्ड्रोइड प्रयोगकर्ता पनि यसबाट प्रभावित भएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५