close

टेलिकमको सीडीएमए छाड्ने ग्राहकलाई सुविधै सुविधा

टेकपाना टेकपाना

साउन १, २०७८ २०:२४

टेलिकमको सीडीएमए छाड्ने ग्राहकलाई सुविधै सुविधा

नेपाल टेलिकमले सीडीएमए सेवा बन्द गर्ने घोषणा गरिसकेको छ । सीडीएमएका ग्राहकलाई जीएसएम नेटवर्कमा रुपान्तरण गर्ने योजना अन्तर्गत टेलिकमले विभिन्न सुविधाको घोषणा गरेको छ ।

टेलिकमले शुक्रबार विज्ञप्ती जारी गर्दै सीडीएमए छाडी जीएसएम नेटवर्कमा आवद्ध हुने ग्राहकलाई निःशुल्क सिमका साथै निःशुल्क भ्वाइ, डेटा प्याकेज र एसएमएस सुविधा उपलब्ध गराउने घोषणा गरेको हो ।

सीडीएमए छाडी जीएसएम नेटवर्कमा जान चाहने ग्राहकले छुट पाउनको लागि आफ्नो रिमकार्ड नम्बर टेलिकमको कार्यालयमा गएर बुझाउनुपर्ने टेलिकमले जनाएको छ ।

सीडीएमए नम्बर बुझाउने ग्राहकलाई जीएसएमएको नयाँ नम्बर उपलब्ध गराइने र नयाँ सिम प्रयोग गर्दा विभिन्न छुट पाइने टेलिकमले विज्ञप्तीमा जनाएको छ ।

सीडीएमए प्रिपेडबाट जिएसएम प्रिपेडमा रुपान्तरण भएका मोबाइल ग्राहकहरुले ६ महिनासम्म निःशुल्क रुपमा मासिक ३०० मिनेट अन नेट (नेपाल टेलिकमको नेटवर्कमा प्रयोग गर्न सकिने) भ्वाइस कल गर्न, ४ जीबी डाटा चलाउन र ३०० वटा अन नेट एसएमएस पठाउन सक्नेछन् ।

त्यसैगरी जिएसएम पोस्टपेड मोबाइलमा रुपान्तरण हुने ग्राहकले निःशुल्क रुपमा मासिक ४०० मिनेट अन नेट र ५० मिनेट अफ नेट (अन्य नेटवर्कमा समेत प्रयोग गर्न सकिने) भ्वाइस कल गर्न, ६ जीबी डाटा चलाउन र २०० वटा अन नेट एसएमएस गर्न सक्ने टेलिकमले जनाएको छ । आगामी पुस महिनासम्ममा जिएसएममा रुपान्तरण हुने सीडीएमए पोस्टपेड ग्राहकहरुलाई मासिक रेन्टल शुल्क छुट दिने घोषणा पनि नेपाल टेलिकमले गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१