close

युट्युवले किन्यो भारतीय स्टार्टअप सिमसिम

टेकपाना टेकपाना

साउन ५, २०७८ १६:५३

युट्युवले किन्यो भारतीय स्टार्टअप सिमसिम

काठमाडौं । युट्युवले भारतको सोसल कमर्स स्टार्टअप सिमसिम खरिद गरेको छ । लेनदेनको विस्तृत शर्त बाहिर नआए पनि टेकक्रञ्चका अनुसार उक्त स्टार्टअपको मूल्याङ्कन ७० मिलियन डलर गरिएको छ ।

दुई वर्ष पुरानो सिमसिम गुडगाउँमा मूख्य कार्यालय रहेको स्टार्टअप कम्पनी हो । जसले भारतमा रहेका साना व्यवसायलाई ईकमर्समा स्थानान्तरण गर्न भिडिओ तथा क्रियटरको प्रभावलाई उपयोग गर्दै आएको छ ।

यो स्टार्टअप कम्पनीको एपले स्थानीय व्यवसायलाई प्रभावशाली व्यक्ति तथा ग्राहकसँग जोड्ने काम गर्दै आएको छ । युट्युवले अधिग्रहण गरेसँगै सिमसिमबाट भारतका साना व्यवसाय र खुद्रा बिक्रेताले नयाँ ग्राहकसम्म पुग्नका लागि थप शक्तिशाली उपाय प्राप्त गर्ने विश्वास लिइएको छ ।

भारतमा मात्रै युट्युवका मासिक ४५ करोड सक्रिय प्रयोगकर्ता रहेका छन् । गुगलले आगामी दुई वर्षमा १० अर्ब डलर लगानी गर्ने घोषणा गरिसकेको छ । यो अधिग्रहणलाई समेत त्यसैको एउटा अंशको रुपमा समेत हेरिएको छ ।

गुगलले यसअघि नै भारतका अन्य दुई स्टार्टअप ग्ल्यान्स र डेलीहन्ट गरी दुई अन्य स्टार्टअपमा समेत लगानी गरिसकेको छ ।  

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५