close

अब दराजबाट मगाएको सामान फिर्ता गर्न परे हुलाकमा पठाउन सकिने

टेकपाना टेकपाना

पुस १९, २०७९ १७:८

अब दराजबाट मगाएको सामान फिर्ता गर्न परे हुलाकमा पठाउन सकिने

काठमाडौं । अब दराज अनलाइनबाट मगाएको सामान फिर्ता गर्नुपरे हुलाक सेवा प्रयाेग गर्न सकिने भएको छ । यसका लागि हुलाक सेवा विभाग र दराज नेपालबीच सम्झौता भएको छ ।

हुलाकलाई समयानुकूल र सन्दर्भिक बनाउने तथा व्यावसायिक दायरा विस्तार गर्ने उदेश्यका साथ हुलाक सेवा विभागले हालै अनलाइन रिटेलर ‘दराज नेपाल’सँग ई-कमर्ससम्बन्धी सम्झौता गरेकाे हाे ।

सम्झौता अनुसार दराजबाट अनलाइन खरिद गरी डेलिभरी भएका सामान ग्राहकले फिर्ता गर्नुपर्ने अवस्थामा गोश्वारा हुलाक कार्यालयमार्फत फिर्ता गर्न सकिनेछ ।

यो सेवा पहिलो चरणमा काठमाडौंका तीन स्थान बबरमहल, महाराजगञ्ज र ठमेलमा संकलन केन्द्रमा उपलब्ध हुने बताइएकाे छ । अन्य संघसंस्थासँग पनि वस्तु ढुवानी गर्ने सम्बन्धमा छलफल भइरहेको विभागले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: पुस १९, २०७९ १७:८