काठमाडौं । हालै सम्पन्न भएको ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डू लिमिटेडको मर्जरका कारण डिजिटल बैंकिङ सेवामा आउने समस्या समाधानका लागि ग्राहकलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।
ग्लोबल आईएमई बैंकले एक सूचना जारी गर्दै बैंक अफ काठमाण्डू लिमिटेडका ग्राहकहरूलाई डिजिटल बैंकिङमा कुनै समस्या भए सम्पर्क गर्न आग्रह गरेको हो ।
“बैंक अफ काठमाण्डू लिमिटेडका सेवाग्राही रहनु भएका सम्पूर्ण खातावालाहरूलाई डिजिटल बैंकिङ अन्तर्गत पर्ने कार्ड सेवा (डेबिट/क्रेडिट/ई-कमर्श कार्ड) लगायत क्यूआर र मोबाइल बैंकिङमा पर्ने कुनै समस्या आइपरेमा सम्पर्क गर्नुहुन अनुरोध गर्दछौं,” बैंकको सूचनामा उल्लेख गरिएको छ ।
कम्पनीले कार्ड सेवामा आएका समस्या समाधानको लागि चार जनाको नाम र सम्पर्क नम्बर उपलब्ध गराएको छ । त्यस्तै मोबाइल बैंकिङ तथा क्यूआर सेवामा आएको समस्याको गुनासो टिपाउन अन्य तीन व्यक्तिलाई सम्पर्क गर्न सकिन्छ ।
कार्ड सेवामा आएका समस्याको लागि तल उल्लिखित नम्बरमा सम्पर्क गर्नुहोस्
दिपेश पान्डे: ९८४९४६६०६२
कान्ती गोले: ९८०३८७९५६०
अमित खड्का: ९८५११६१४३७
निराजन श्रेष्ठ: ९८५११८९९३०
मोबाइल बैंकिङ र क्यूआर सेवामा आएको समस्याको लागि तल उल्लेखित नम्बरमा सम्पर्क गर्नुहोस्