close

डिजिटल भुक्तानीमा खल्तीको ६ वर्षे यात्रा

हरिजङ्ग थापा हरिजङ्ग थापा

माघ १२, २०७९ १८:१३

काठमाडौं । खल्ती डिजिटल वालेट छैटौँ वर्ष पूरा गरी सातौं वर्षमा प्रवेश गरेको छ । आफ्नो वार्षिकोत्सवको उपलक्ष्यमा यस यात्रामा साथ रहेका सम्पूर्ण प्रयोगकर्ता, साझेदार, नियामक, एजेन्ट, र व्यापारीहरूलाई खल्तीले आभार व्यक्त गरेको छ ।

कम्पनीका अनुसार खल्तीमा ३१ लाख सक्रिय प्रयोगकर्ता छन् । त्यस्तै देशभर ७० हजार एजेन्ट, ६० हजार मर्चेन्ट, ५० बैंक तथा वित्तीय संस्था, ११ सय सहकारीहरू र २५० कर्मचारीका साथ कम्पनीले काम गरिरहेको छ ।  

डिजिटल वालेटको सोचलाई सार्थकता दिन सन् २०१७ को जनवरी २६ मा नेपालको चर्चित एसएमएस सेवाप्रदायक स्प्यारो एसएमएसको टिमले खल्ती सुरुवात गरेको थियो । 

कुनै समय नेपालमा एकीकृत भुक्तानी प्रणाली नभएको अवस्थामा प्रत्येक दिन नयाँ-नयाँ बैंक तथा वित्तीय संस्थासँग छुट्टाछुट्टै सहकार्य गर्दै अघि बढेको खल्तीमा आज अधिकांश बैंक तथा वित्तीय संस्था जोडिएका छन् ।

नेपालमा पहिलोपटक वालेटबाटै होटल बुकिङ गर्न सकिने, सिट सेलेक्सन सहित मुभि टिकेटिङ, इभेन्ट टिकेटिङ, खल्ती बजार हाइपर लोकल प्लेटफर्म, स्मार्ट स्कुलको फी भुक्तानी, स्मार्ट छोरी ईन एप लर्निङजस्ता सेवा ल्यायाे ।

डिजिटल भुक्तानीकाे क्षेत्रमा नयाँ अफर र सुविधा ल्याउँदै प्रयाेगकर्ता बढाइरहेकाे खल्तीले गत वर्ष ‘डिजिटल अपर्च्युनिटी इन्क्लुजन अवार्ड’ विधामा ‘विट्सा' ग्लोबल इनोभेसन एन्ड टेक एक्सिलेन्स अवार्ड २०२२’ जितेकाे थियाे ।

कम्पनीले सूचना सुरक्षा व्यवस्थापन प्रणालीको लागि आईएसओ २७००१:२०१३ प्रमाणपत्र’ प्राप्त गरेको छ ।

छैठौं वर्षको उपलब्धिलाई मनाउँदै खल्तीले ‘के छ, खल्ती छ’ नारासहित सामाजिक सञ्जालमा सन्देश प्रचार गरेको छ । यसलगतै खल्तीले माघ १८ (फेब्रुअरी १) मा खल्ती मेम्बरशिप अन्तर्गत ‘खल्ती क्लब’ र ‘खल्ती प्रो’ नामक दुई सब्स्क्रिप्शन प्लान ल्याउने भएकाे छ ।

साथै, खल्तीले विभिन्न साझेदारसँग वार्षिकोत्सव मनाउँदै अफर र गिभअवे पनि ल्याएको छ ।

खल्ती एपलाई सबै उमेर समूहका मानिसलाई फाइदा पुग्ने ‘लाइफस्टाइल ब्राण्ड’ बनाउने लक्ष्यमा कम्पनी अघि बढिरहेको छ । यस लक्ष्यमा पुग्न खल्तीले केही महिनाअघि ‘खल्ती क्विज ’ सुरु गरेको थियो ।

त्यसैगरी खल्तीले केही समयअघि मुभी टिकट काट्ने सुविधालाई थप प्रचार गर्दै #MyMovieMantra ल्याएको थियो, जसअन्तर्गत ५० सेकन्डभित्रै मुभी टिकट काट्न मिल्ने सुविधा दिइएकाे छ ।

वार्षिकोत्सव बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने,  “डिजिटल वित्तीय सेवाका साथ नेपाली जीवनलाई छुन र परिवर्तन गर्न पाउँदा हामी गर्व गर्छौँ । तपाईंको निरन्तर सहयोग र विश्वासको आशा गर्दै हामी आजभन्दा भोलि राम्रो गर्दै जाने प्रेरणा लिइरहने छौँ । हामी तपाईंको सुविधा र आनन्दको लागि तपाईंलाई थप नवीन र प्रभावकारी सेवा प्रदान गर्न प्रतिबद्ध छौं ।”

यसैबीच खल्तीका सीईओ खड्कासँग कम्पनीको छैटौँ वाषिकोत्सव पारी हामीले विशेष कुराकानी गरेका छौं ।

पछिल्लो अध्यावधिक: माघ १२, २०७९ १८:२९