close

भारतमा पनि प्रयोग गर्न सकिने गरी खल्ती र नेपालपे क्यूआरबीच साझेदारी

टेकपाना टेकपाना

असार २२, २०८० ९:१

भारतमा पनि प्रयोग गर्न सकिने गरी खल्ती र नेपालपे क्यूआरबीच साझेदारी

काठमाडौं । डिजिटल वालेट खल्तीले नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) द्वारा सञ्चालित नेपालपे क्युआरसंग साझेदारी गरेको छ ।  

एनसीएचएलले हालै मात्र नेपालका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल पेमेन्ट कर्पोरेशन अफ इन्डियासँग सिमान्तर भुक्तानी अनुमति दिने सम्झौतामा हस्ताक्षर गरेको थियो । उक्त सम्झौता अनुसार नेपाल-भारतबीच अन्तरदेशीय भुक्तानी लागू भएपछि प्रयोगकर्ताले भारतमा पनि खल्ती मार्फत क्यूआर भुक्तानी गर्न सक्नेछन् । 

साथै यो साझेदारीले खल्ती प्रयोगकर्ताहरूलाई भुक्तानीको लागि क्युआर स्क्यान गर्न र नेपालपे क्युआर मर्चेन्टहरूलाई खल्तीबाट भुक्तानीहरू स्वीकार गर्न सहज हुने कम्पनीले जनाएको छ ।

प्रयोगकर्ताले ३०० भन्दा बढी विभिन्न रेस्टुराँ, पसल, मल, चलचित्र हल लगायत नेपालपे क्यूआर उपलब्ध भएका स्थानहरू खल्तीबाट सहजै स्क्यान गरेर भुक्तानी तिर्न सक्नेछन् । 

पछिल्लो अध्यावधिक: असार २२, २०८० ९:१