close

नेपाली बजारमा सामसङ ग्यालेक्सी एस २३ स्मार्टफोनको बुकिङ सुरु

टेकपाना टेकपाना

माघ २०, २०७९ १०:८

नेपाली बजारमा सामसङ ग्यालेक्सी एस २३ स्मार्टफोनको बुकिङ सुरु

काठमाडौँ । बुधबार सार्वजनिक भएको सामसङको ग्यालेक्सी एस २३ सिरिजका स्मार्टफोनको अग्रिम बुकिङ नेपाली बजारमा पनि सुरु भएको छ । सामसङले बुधबार ग्यालेक्सी एस सिरिज अन्तर्गत ग्यालेक्सी एस २३ अल्ट्रा,  ग्यालेक्सी एस २३ प्लस र  ग्यालेक्सी एस २३ सार्वजनिक गरेको थियो । 

सोही फोनहरूको लागि नेपाली बजारमा पनि अग्रिम बुकिङ खुलाइएको हो । अग्रिम बुकिङका लागि यहाँ क्लिक गरेर आफ्नो नाम दर्ता गराउन सक्नुहुन्छ । साथै आफ्नो नजिकको सामसङ फोन स्टोरहरूमा गएर पनि नयाँ फोनको बुकिङ गराउन सकिनेछ । फोनको अग्रिम बुकिङ फेब्रुअरी २२ सम्म वा स्टक रहँदासम्म मात्र मान्य हुने कम्पनीले जनाएको छ । 

साथै मासिक रु. ६,४०० मा शुन्य प्रतिशत ब्याजमा पनि यो फोन खरिद गर्न सकिने कम्पनीले जनाएको छ । साथै कम्पनीले एक वर्षको लागि एक पटक ब्रेकेज बीमा पनि उपलब्ध गराउने जनाएको छ । 

फोनको विषयमा थप जानकारी लिन यहाँ क्लिक गर्नुहोस् । 
 
   

पछिल्लो अध्यावधिक: माघ २०, २०७९ १०:८