close

हुलाक सेवालाई आधुनिक बनाउने तयारी हुँदैछः मन्त्री शर्मा

टेकपाना टेकपाना

फागुन १, २०७९ १६:२३

हुलाक सेवालाई आधुनिक बनाउने तयारी हुँदैछः मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले हुलाक सेवालाई आधुनिक बनाउने तयारी भइरहेकाे बताएकी छन् । नेपाल पत्रकार महासंघ दाङले तुलसीपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै मन्त्री शर्माले हुलाक सेवा परम्परागत भएको भन्दै यसलाई पुन:संरचना गर्न मन्त्रालयले काम गरिरहेको बताइन् । 

'देशको हुलाक सेवा निकै पारम्परिक भइसकेको छ । अहिले एउटा हुलाक कार्यालयमा चार महिनामा तीनओटा चिठ्ठीको काम हुन्छ," उनले भनिन्, "व्यक्तिगत चिठ्ठी आदानप्रदान हुने काम अहिले पूर्णरुपमा रोकिसकेको छ । कानूनी केही पत्रहरू हुलाकमार्फत नै जानुपर्ने बाध्यता भएर मात्र हुलाकले कहिलेकाहीँ काम पाउँछ ।"    

हुलाक आधुनिक हुन नसक्दा कर्मचारीहरूका लागि काम नै नभएको पनि उनकाे तर्क छ ।

यो समस्यालाई समाधान गर्न अन्तर्राष्ट्रिय स्तरमा 'पोस्ट अफिस'हरू सञ्चालन भएजस्तै नेपालको हुलाक सेवालाई पनि आधुनिक बनाएर अगाडि बढ्न तयार भएको प्रतिवेदन अनुरुप मन्त्रालयले काम गरिरहेको उनले उल्लेख गरिन् ।

पछिल्लो अध्यावधिक: फागुन १, २०७९ १६:३१