close

अब टिकटकरले आफ्नो भिडिओ हेर्नेसँग पैसा लिन सक्ने

टेकपाना टेकपाना

फागुन २, २०७९ १२:५१

अब टिकटकरले आफ्नो भिडिओ हेर्नेसँग पैसा लिन सक्ने

काठमाडौं । शर्ट भिडिओ शेयरिङ प्लेटफर्म टिकटकले विभिन्न नयाँ फिचरमा काम गरिरहेको छ । बाहिरिएकाे एक जानकारी अनुसार अब टिकटक क्रियटरले आफ्नो भिडिओहरू पैसा तिरेर मात्र हेर्न मिल्ने बनाउन सक्नेछन् ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम 'द भर्ज'का अनुसार यो फिचरअन्तर्गत क्रियटरले आफ्ना भिडिओको शुल्क तोक्न सक्नेछन् । न्यूनतम एक डलरदेखि माथि क्रियटर आफैंले भिडिओ अनुसारको शुल्क निर्धारण गर्नसक्ने बताइएको छ ।

इन्स्टाग्राममा भने यो फिचर पहिले नै आइसकेको छ । 'शेयर सब्स्क्राइबर वन्ली' फिचर अन्तर्गत क्रियटरले पोस्ट, रिल तथा स्टोरी राख्छन् । त्यस्ता कन्टेन्ट हेर्नका लागि शुल्क तिर्नुपर्ने हुन्छ । यही फिचरबाट प्रभावित भएर टिकटकले पनि आफ्नो प्लेटफर्ममा यो फिचर थप गर्न लागेको हो ।

यसको साथै टिकटकले 'क्रियटर फन्ड' फिचर पनि परीक्षण गरिरहेको छ । अहिले ब्राजिल र फ्रान्समा परीक्षण भइरहेको यो फिचर अबको एक महिनामा संयुक्त राज्य अमेरिकामा समेत परीक्षण गरिने बताइएकाे छ ।

सन् २०२० मा सार्वजनिक भएको यो फिचरका माध्यमबाट हालसम्म एक अर्ब बढी रकम सङ्कलन भइसकेको छ । केही प्रयोगकर्ताले क्रियटरले यो मोडेलबाट सीमित आम्दानी गर्न सकिने भएपछि आलोचना गरेका थिए । केही प्रयोगकर्ताले लाखौं भ्युज जाने भिडिओबाट आफूले आम्दानी गरेको पनि बताउँदै आएका छन् ।

यो फिचर प्रयोग गर्नका लागि प्रयोगकर्ताको अकाउन्टमा एक लाख बढी फलोअर हुनुपर्छ । त्यस्तै प्रयोगकर्ताले लामो भिडिओ राखेर मात्र फन्ड रेजिङ कार्यक्रममा सहभागी हुन सक्छन् । सशुल्क कन्टेन्ट फिचरमा कम्पनीले काम गरिरहेको भए पनि कहिलेसम्म सम्पन्न हुन्छ भने प्रस्ट छैन । यद्यपि नयाँ फिचरले इन्फ्लुयन्सर लगायत अन्य सेलिब्रेटी तथा क्रियटरलाई थप आकर्षित गर्ने कम्पनीको विश्वास छ ।

पछिल्लो अध्यावधिक: फागुन २, २०७९ १२:५१