close

सरकारी डेटा सेन्टरलाई चौबिसै घण्टा प्राविधिकमार्फत निगरानी गर्न मन्त्रिपरिषद्को निर्देशन

टेकपाना टेकपाना

फागुन १६, २०७९ १६:५३

सरकारी डेटा सेन्टरलाई चौबिसै घण्टा प्राविधिकमार्फत निगरानी गर्न मन्त्रिपरिषद्को निर्देशन

काठमाडौं । नेपाल सरकार मन्त्रिपरिषद्काे बैठकले सरकारी डेटा सेन्टरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएकाे छ । सोमबार बसेको​ बैठकले राष्ट्रिय सूचना प्रविधि केन्द्रलाई नेटवर्किङ र साइबर सुरक्षामा प्राविधिकको निगरानीसहित डेटा सेन्टरलाई पूर्ण क्षमतामा सञ्चालन गर्न निर्देशन दिएको हाे ।

मन्त्रिपरिषद्को निर्णयमा भनिएको छ, ‘राष्ट्रिय सूचना प्रविधि केन्द्रले काठमाडौंमा रहेको सरकारी एकीकृत डेटा सेन्टर र हेटौंडामा रहेको डिजाष्टर रिकभरी सेन्टरलाई पूर्ण क्षमतामा सञ्चालन गरी चाैबिसै घण्टा नेटवर्किङ र साइबर सुरक्षासम्बन्धी प्राविधिकले निगरानी गर्ने व्यवस्था मिलाउने ।’

यसका साथै मन्त्रिपरिषद्ले नेपाल सरकारका सबै निकायका तथ्याङ्क एवम् सूचना प्रविधि प्रणाली सरकारी एकीकृत डेटा सेन्टरमा राखी व्यवस्थापन गर्न पनि निर्देशन दिएको छ ।

पछिल्लो अध्यावधिक: फागुन १६, २०७९ १६:५३