close

एन्ड्रोइड र आईओएसलाई उछिन्ने दौडमा हार्मोनी ओएस

टेकपाना टेकपाना

फागुन १९, २०७९ १०:०

एन्ड्रोइड र आईओएसलाई उछिन्ने दौडमा हार्मोनी ओएस

काठमाडौं । अमेरिकाले एक पछि अर्को गर्दै ह्वावेमाथि प्रतिबन्ध लगाउन सुरु गरेपछि कम्पनी आफ्नै अपरेटिङ सिस्टम ल्याउन बाध्य भयो । कम्पनीले यो प्रणालीको नाम चिनियाँ बजारमा होङ्मेङ राखेको छ भने विश्वबजारका लागि भने यसको नाम हार्मोनी हो । 
यसको सुरुवात पछि, ह्वावेले यस प्रणालीलाई निरन्तर अपग्रेड गर्दै आएको छ भने यसमा आईओएस र एन्ड्रोइडमा नभएका धेरै फिचरहरू समावेश गरिएको छ । यद्यपि, सुरुवात भएको तीनवर्ष भइसक्दा पनि हार्मोनी ओएस अझै पनि चीनबाट बाहिर आउन सकेको छैन। कम्पनीले विश्वबजारका लागि आफ्नो प्रणाली सार्वजनिक गर्नु अघि धेरै कामहरू गर्न बाँकी नै रहेको बताउँदै आएको छ । 
कम्पनीले हालै हार्मोनी ओएस को पछिल्लो अपडेट ३.१ को सार्वजनिक रूपमा परीक्षण गरेको छ। यो अपग्रेडले आई‌ओएस र एन्ड्रोइडमा नभएका धेरै फिचरहरूलाई समावेश गरेको छ । हार्मोनी ओएसमा कुनै थर्ड पार्टी एपहरूको आवश्यकता पर्दैन ।
हार्मोनी ओएसको नयाँ अपडेटहरू मध्ये एक भनेको कुनै पनि एप खुल्न अथवा चल्न पहिलेको भन्दा धेरै कम समय लाग्छ । कम्पनीका अनुसार कुनै पनि एप खोलेर प्रयोग गर्नको लागि लाग्ने समय पहिलेको तुलनामा दुईगुणाले कम भएको छ । 
त्यसैगरी यसमा क्यामेराका लागि नयाँ सेटिङहरू पनि थप भएका छन् भने खिचिएका तस्बिरहरू तत्काल हेर्ने फिचरमा पनि केही फरक सुविधा थप भएको छ । यसमा साथै यो नयाँ अपडेटमा कम्पनीले विशेष गरेर प्रयोगकर्तालाई अनुभवलाई थप उत्कृष्ट बनाउन धेरै साना-साना फिचरहरूमा पनि परिवर्तन गरेको बताइएको छ । 

पछिल्लो अध्यावधिक: फागुन १९, २०७९ १०:०