close

बौद्धिक चोरी जाँच गर्न सघाउने ५ निःशुल्क सफ्टवेयर

टेकपाना टेकपाना

फागुन ३०, २०७९ १३:४८

बौद्धिक चोरी जाँच गर्न सघाउने ५ निःशुल्क सफ्टवेयर

काठमाडौं । विश्वविद्यालय तथा सञ्चारमाध्यममा हुने एक ठूलो समस्यामध्ये बौद्धिक चोरी पनि एक हाे । अनलाइनमा एउटै विषयमाथि लेखिएका विभिन्न लेखहरु पाइने भएकाले चोरी झन् बढ्दै गइरहेको छ । त्यस्तै केही विषय दिइएकै आधारमा लेख तयार पारि दिने च्याटजीपीटी जस्ता प्लेटफर्महरुको विकासले पनि यो कुरालाई बढाएको छ ।

हुन त नेपालमा त्रिभुवन विश्वविद्यालयले प्लेजरिजम सफ्टवेयरको प्रयोग सुरु गरेको छ । इन्टरनेटको पहुँच सजिलो भएकाले विद्यार्थीहरु पनि लेख लेख्नका लागि अनलाइनमा निर्भर हुने गरेका छन् । यदि विद्यार्थीले त्यसरी लेख तयार पारेका छन् भने त्यहाँ बौद्धिक चोरी हुने सम्भावना हुन्छ ।

यसैले त्यसरी तयार पारेका लेख शिक्षकलाई बुझाउन अगाडि विद्यार्थीले प्लेजरिजम जाँच गर्दा बौद्धिक चोरीबाट बच्न सक्छन् । त्यस्तै प्लेजरिजम बिनाको लेख तयार पार्न सकिन्छ । हुन त यस प्रकारका सफ्टवेयर महँगा हुने गर्छन् । तर आजभोलि आर्टिफिसियल इन्टेलिजेन्ट (एआई) युक्त विभिन्न प्लेजरिजम सफ्टवेयरहरु रहेका छन् ।

आज हामी अनलाइनबाट प्लेजरिजम  जाँच गर्न सकिने यस्ता पाँच वेबसाइटका बारे जानकारी दिँदै छौँ: 

ग्रामरल्ली (Grammarly)

अङ्ग्रेजीको व्याकरण परीक्षण गर्नका लागि ग्रामरल्ली चर्चित छ । यसबाट प्लेजरिजम पनि जाँच गर्न सकिन्छ । ग्रामरल्लीले प्लेजरिजम जाँचका लागि प्रोक्वेस्ट डेटाबेस (ProQuest database) प्रयोग गर्ने गर्छ । यसमा लाखौं जर्नल, पत्रपत्रिका आदि रहेका छन् । 

हुन त ग्रामरल्लीको मुख्य प्राथमिकता बौद्धिक चोरी परीक्षण गर्नु होइन । यसै कारण यसमा भएको प्लेजरिजम जाँच गर्ने टुल शैक्षिक संस्थाहरुका लागि उति उपयुक्त हुन्न । तर विद्यार्थीका लागि यो उपयोगी हुन सक्छ । यसको नि

 शुल्क टुलले लेख चोरी भए/नभएको बारे थाहा दिन्छ । सशुल्क भर्सनमा भने कुन अनुच्छेदमा उद्धरणहरू चाहिन्छ, तीबारे जानकारी दिन्छ । 

कपिलिक्स (Copyleaks)

यस वेबसाइटबाट एक सय बढी भाषामा प्लेजरिजम जाँच गर्न सकिन्छ । वेबसाइटले लेखमा बौद्धिक चोरी छ/छैन, कुन भाग परिवर्तन गर्नुपर्छ जस्ता परीक्षण गर्ने गर्छ । कपिलिक्समा प्लेजरिजम परीक्षणका लागि मसिन लर्निङ प्रविधि प्रयोग गरिएको छ ।

यसमा कुनै पनि लेख परीक्षण गर्दा ती रेकर्ड वेबसाइटमा नै बस्ने गर्छ । यद्यपि तपाईंले सेटिङमा गएर यो कुरालाई हटाउन सक्नुहुन्छ । यसमा विभिन्न प्रकारका सशुल्क योजनाहरु रहेका छन् । 

प्लेजरिजम चेक (PlagiarismCheck)

यस वेबसाइटमा प्लेजरिजम जाँचका लागि मोडर्न र फ्लेक्सजिबल एल्गोरिदम रहेको छ । त्यस्तै तालिम, सपोर्ट जस्ता फिचर पनि यहाँ रहेका छन् ।

वेबसाइटबाट एकैपटकमा थुप्रै लेखहरुमा प्लेजरिजम जाँच गर्न सकिन्छ । यसले गर्दा लेख चोरी गरेको, पाराफ्रेजिङ गरेको आदि पत्ता लगाउन सकिन्छ । 

प्लेजरिजम डिटेक्टर (Plagiarism Detector)

नि:शुल्क रुपमा प्लेजरिजम जाँच गर्नका लागि यो वेबसाइट पनि एक राम्रो विकल्प हुन सक्छ । यसमा प्लेजरिजम जाँच गर्नुका साथै अनुच्छेदहरुलाई पाराफ्रेज पनि गर्न सकिन्छ ।

वेबसाइटले टेक्स्ट, लिङ्क वा विभिन्न फाइल फर्म्याटमा भएका लेखको प्लेजरिजम जाँच गर्छ । त्यसपछि  एउटा फाइल तयार हुन्छ, लेखमा के कति कस्तो परिवर्तन गर्नुपर्छ,  कति प्लेजरिजम छन् आदि जाँच गर्न सकिन्छ । 

क्वेटेक्स्ट (QueText)

यो वेबसाइट नि:शुल्क रुपमा प्लेजरिजम जाँच गर्न विकल्प बन्न सक्छ । यसबाट लेखमा कति प्रतिशत बौद्धिक चोरी छ, तीनका स्रोत के हुन् जस्ता कुरा थाहा पाउन सकिन्छ । 

त्यस्तै वेबसाइटबाट पाराफ्रेजिङ गरेका पनि थाहा पाउन सकिन्छ । साथै यसको वेब एक्स्टेन्सन पनि रहेको छ, जसले गर्दा प्रयोगका लागि पनि सजिलो छ ।

पछिल्लो अध्यावधिक: साउन २५, २०८० १४:२५