close

झुटा तथा भ्रामक समाचार विरुद्ध प्रदेशस्तरीय कार्यशाला हुँदै, यसरी बन्नुहोस् सहभागी

टेकपाना टेकपाना

चैत १, २०७९ १६:१८

झुटा तथा भ्रामक समाचार विरुद्ध प्रदेशस्तरीय कार्यशाला हुँदै, यसरी बन्नुहोस् सहभागी

काठमाडौं । झुटा तथा भ्रामक समाचार विरुद्ध प्रदेशस्तरीय कार्यशाला आयोजना हुने भएको छ । युथ इनोभेसन ल्याबले नेपालस्थित अमेरिकी दूतावासको आर्थिक सहयोगमा ‘अन्डरस्ट्यान्डिङ मिसइन्फर्मेसन एण्ड डिसइन्फर्मेसन’ विषयमा कार्यशाला आयोजना गर्न लागेकाे हाे ।

पछिल्लो समयमा भ्रामक सूचना फैलिने क्रम बढ्दै गइरहेकोले यस विषयमा कार्यशाला आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । यो कार्यशाला प्रत्येक प्रदेशमा दुई-दुई दिन सञ्चालन गरिनेछ ।

साथै एक प्रदेशबाट २० जनाका दरले १४० जनालाई प्रशिक्षण गरिने आयोजकले बताएको छ । कार्यशालामा विशेष गरेर पत्रकार, कन्टेन्ट क्रियटर, इन्फ्लुएन्सर, नेता आदिलाई झुटा तथा भ्रामक समाचार विरुद्ध ज्ञान र सीप प्रदान गराइने आयोजकले जनाएको छ ।

कार्यशालामा सहभागी हुन इच्छुकले चैत १४ गते अपरान्ह ५ बजेसम्म अनलाइन फारम भर्नुपर्ने हुन्छ । उक्त कार्यशालमा सहभागी हुन यहाँ क्लिक गरी फारम भर्न सक्नुहुने छ ।

पछिल्लो अध्यावधिक: चैत १, २०७९ १६:१८