close

मोबाइलमा पनि एक्सबक्स स्टोर उपलब्ध गराउने तयारीमा माइक्रोसफ्ट

टेकपाना टेकपाना

चैत ७, २०७९ ८:३९

मोबाइलमा पनि एक्सबक्स स्टोर उपलब्ध गराउने तयारीमा माइक्रोसफ्ट

काठमाडौं । माइक्रोसफ्टले सन् २०२४ देखि एक्सबक्स स्टोर आईओएस र एन्ड्रोइडमा उपलब्ध गराउने तयारी गरिरहेको छ । माइक्रोसफ्ट गेमिङ डिभिजनका प्रमुख फिल स्पेन्सरले फाइनान्सियल टाइम्ससँग कुरा गर्दै कम्पनीले अर्को वर्ष देखि मोबाइल गेम स्टोर पनि उपलब्ध गराउने तयारी भइरहेको बताएका हुन् । 

कम्पनीले डेस्कटप मात्र नभइ कुनै पनि स्क्रिनमा खेल्न चाहने गेमरको लागि आफ्नो गेमिङ सेवा उपलब्ध गराउने योजना बनाएको कारण एक्सबक्स स्टोर मोबाइलमा पनि उपलब्ध गराउन लागेको उनले बताएका छन् । 

कम्पनीले गतवर्ष एक्सबक्स स्टोर मोबाइलमा उपलब्ध गराउने घोषणा गरेको थियो । यद्यपि कहिलेसम्म उपलब्ध हुन्छ भन्ने विषयमा भने कुनै जानकारी दिएको थिएन । भिडिओ गेम कम्पनी ब्लिजार्डलाई आफ्नो स्वामित्वमा लिएर कम्पनीले मोबाइल गेम स्टोर उपलब्ध गराउन लागेको हो । 

पछिल्लो अध्यावधिक: चैत ७, २०७९ ८:३९