close

ट्राफिक प्रहरीको क्यूआर कोड सहितको प्रतिलिपी सिफारिस, कसरी गर्छ काम ?

टेकपाना टेकपाना

चैत १७, २०७९ ८:४८

ट्राफिक प्रहरीको क्यूआर कोड सहितको प्रतिलिपी सिफारिस, कसरी गर्छ काम ?

काठमाडौं । काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले बिहीबारबाट क्यूआर कोड सहितको प्रतिलिपि सिफारिस दिन सुरु गरेको छ । 

सवारी साधनको कागजपत्र हराउँदा सवारी चालकले कागजपत्रको प्रतिलिपिको लागि ट्राफिक प्रहरी कार्यालयमा निवेदन दिनुपर्छ । सोही निवेदको आधारमा ट्राफिक प्रहरीले सो चालक कुनै कारबाहीमा परेको वा नपरेको भनि जाँच गर्दछ । साथै सो चालकको कागजपत्र कार्यालयमा भए/नभएको पनि यकिन गर्दछ ।

कार्यालयमा कागजात नभएको र सो चालक कारबाहीमा नपरेको अवस्थामा प्रहरीले कागजपत्रको प्रतिलिपीको सिफारिस दिने गर्दछ । सो सिफारिसमा अब भने क्यूआर कोड पनि समावेश गरिने भएको छ । 

यसो गर्दा कसैले नक्कली सिफारिस बनाएर ल्याउन नपाउने ट्राफिक प्रहरीले बताए । सिफारिस पत्रमा शंका लागेमा जुनसुकै क्यूआर कोड रिडर मार्फत स्क्यान गरी सक्कली वा नक्कली सिफारिस हो भनी चेक गर्न सकिने प्रहरीले जनाएको छ ।   

सिफारिस नक्कली नहोस् भन्ने उद्देश्यले क्यूआर कोड रिडर सहितको प्रतिलिपी सिफारिस गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक राजेन्द्र प्रसाद भट्टले बताए ।

पछिल्लो अध्यावधिक: चैत १७, २०७९ ८:४८