close

साइबर ब्यूरोको भवन बनाउन ठेकेदार कम्पनी छनोट

टेकपाना टेकपाना

चैत १७, २०७९ १५:१

साइबर ब्यूरोको भवन बनाउन ठेकेदार कम्पनी छनोट

काठमाडौं । नेपाल प्रहरी अन्तर्गत साइबर ब्यूरोको छुट्टै भवनका निर्माणका लागि ठेकेदार कम्पनी छनोट भएको छ । कोरियाली अन्तर्राष्ट्रिय सहयोग नियोग (कोइका) को सहयोगमा बन्न लागेकाे भवनका लागि हिमालयन बिल्डर्स एन्ड इन्जिनियर्सलाई ठेकेदार कम्पनीको रुपमा नियुक्त गरिएको छ ।

बिहीबार कोइका नेपाल र साे ठेकेदार कम्पनीबीच यसबारे सम्झौता भएको छ । साइबर अपराध न्यूनीकरण गर्न ब्यूरोलाई दक्ष र सबल बनाउने उद्देश्यसहित कोइकाले ८० लाख डलरबराबरकाे सहयोग गरेको हो ।

यो आर्थिक सहयोग ब्यूरोको भवन निर्माणसँगै साइबर ब्यूरोको फरेन्सिक ल्याबदेखि अन्य प्राविधिक पक्षहरूको स्तरोन्नति, जनशक्ति उत्पादन, स्रोत साधानको विकास तथा ब्यूरोको क्षमता अभिवृद्धि लगायतमा खर्च गरिने कोइका नेपालले जनाएको छ ।

पछिल्लो अध्यावधिक: चैत १७, २०७९ १५:१