close

आफ्नो आईफोनमा सामसङ फोनको अनुभव लिन चाहनुहुन्छ ? यसो गर्नुहोस्

टेकपाना टेकपाना

चैत २०, २०७९ ९:२६

आफ्नो आईफोनमा सामसङ फोनको अनुभव लिन चाहनुहुन्छ ? यसो गर्नुहोस्

काठमाडौं । आफ्नो ग्यालेक्सी फोन प्रयोग नगर्ने प्रयोगकर्ताका लागि सामसङले सञ्चालनमा ल्याएको ‘ट्राइ ग्यालेक्सी’ नामक एपमा हालै नयाँ अपडेड आएको छ । विशेष गरेर आईफोन प्रयोगकर्तालाई ग्यालेक्सी फोनमा भएका फिचरको अनुभव दिन यो कम्पनीले यो एप सुरु गरेको हो । 

कम्पनीका अनुसार अपडेट गरिएको उक्त एपबाट आईफोन प्रयोगकर्ताले सामसङको फ्ल्यागशिप सिरिज ग्यालेक्सी एस ट्वेन्टीथ्री (Galaxy s23) र एन्ड्रोइड १३ को अनुभव लिन सक्नेछन् । 

त्यस्तै फोनमा भएका नाइटोग्राफी, एआई, र गेमिङहरूको अनुभव लिन सक्नेछन् । यसबाहेक ग्यालेक्सी फोनमा हुने आईकन, विगेट र होममा नेभिगेट गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो एप प्रयोग गर्न आईफोन सेभेन भन्दा माथिको फोनबाट सामसङले तयार पारेको क्यूआर कोड स्क्यान गर्नुपर्ने हुन्छ ।

आईफोनमा ग्यालेक्सीको अनुभव लिन यो क्यूआर स्क्यान गर्नुहोस्: 

आईफोन प्रयोगकर्ताहरूलाई आफूतिर आकर्षित गर्न सामसङले यो एप सुरु गरेको बताइएको छ । यस अगाडि पनि फ्ल्यागशिप फोन ‘ग्यालेक्सी जेड फ्लिप फोर’ सार्वजनिक गर्दा सामसङले एक विज्ञापन मार्फत आईफोनलाई व्यङ्ग गर्दै उसको प्रयोगकर्ता तान्ने प्रयास गरेको थियो ।

पछिल्लो अध्यावधिक: चैत २०, २०७९ ९:२६