close

अब ब्याज नलाग्ने गरी किस्ताबन्दीमा सामसङ स्मार्टफोन खरिद गर्न सकिने

टेकपाना टेकपाना

असार ६, २०८० १८:३

अब ब्याज नलाग्ने गरी किस्ताबन्दीमा सामसङ स्मार्टफोन खरिद गर्न सकिने

काठमाडौं । सामसङ नेपालले आफ्ना उपभोक्ताहरूका लागि नयाँ अफर ल्याएको छ । अब सामसङको २५ हजार भन्दा माथिको कुनै पनि मोबाइल शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ता तिर्नु पर्ने गरी खरिद गर्न सकिनेछ ।  

आज एक कार्यक्रमबीच सामसङ नेपालले हुलास फिन सर्भ (एचएफएल) सँग सम्झौता गर्दै यो अफर लागू गरेको हो । इन्स्टा फाइनान्स सुविधा नाम दिइएको यो अफर एक झन्झट रहित, तत्काल फाइनान्स सुविधा उपलब्ध हुने सहज उपाय भएको कम्पनीले जनाएको छ । 

यस अफर अन्तर्गत ग्राहकले २५ हजार रुपैयाँ भन्दा माथिको सामसङ स्मार्टफोन मासिक शून्य ब्याजदरको किस्तामा खरिद गर्न सक्नेछन् ।

यो सेवा सामसङका २०० भन्दा बढी शोरुमहरूमा यो सेवा प्राप्त गर्न सकिनेछ । यसलाई थप विस्तार गर्दै लाने कम्पनीले जनाएको छ । ग्राहक सामसङको कुनै पनि रिटेल अथवा आधिकारिक स्टोरमा यो सेवा प्राप्त गर्न सक्नेछन् । 

यो सुविधा प्रयोग गर्न कुनै क्रेडिट कार्डको आवश्यकता पर्दैन । यसको लागि आवेदकको नागरिकता प्रमाणपत्र, र फोटो, ग्यारेन्टर बस्नेको नागरिकता प्रमाणपत्र र फोटो तथा आवेदकको आयस्रोत खुलेको पत्र भने आवश्यक हुनेछ ।

यसको लागि ग्राहकले ४० प्रतिशत अग्रिम भुक्तानी भने तिर्नुपर्नेछ । 
 

पछिल्लो अध्यावधिक: असार ६, २०८० १८:७