close

टिकटक प्रतिबन्ध गर्ने देशको सूचीमा थपियो अस्ट्रेलिया

टेकपाना टेकपाना

चैत २१, २०७९ ११:५४

टिकटक प्रतिबन्ध गर्ने देशको सूचीमा थपियो अस्ट्रेलिया

काठमाडौं । सरकारी डिभाइसमा टिकटक प्रतिबन्ध लगाउने सूचीमा अस्ट्रेलिया पनि सामेल भएको छ । अस्ट्रेलियन सरकारले सुरक्षालाई ध्यानमा राख्दै सरकारी कार्यालयमा प्रयोग हुने र कार्यालमा काम गर्ने कर्मचारीको मोबाइल लगायतका डिभाइसमा टिकटक प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।

यसअघि अमेरिका, ब्रिटेन, न्युजिल्याण्ड, क्यानडा, बेल्जियमका साथै युरोपियन अन्तर्गतका देशले सरकारी डिभाइसमा टिकटक प्रतिबन्ध लगाएका छन् । सोही अनुरुप अस्ट्रेलियन सरकारले पनि टिकटक प्रयोगमा प्रतिबन्ध लगाएको हो ।

अस्ट्रेलियामले करिब ७ महिना टिकटकको सेक्युरिटी रिक्स अध्ययन गरेर यो निर्णय लिएको हो । उक्त अध्ययनबाट आएको निष्कर्षका आधारमा सरकारले पहिलो चरणमा सरकारी कार्यालयमा प्रयोग हुने डिभाइसमा टिकटक प्रतिबन्ध लगाउने निर्णय गरेको हो । ‘देशको सुरक्षा हिसाबले यो निर्णय निकै महत्वपूर्ण रहेको छ,’ अस्ट्रेलियाका प्रधानमन्त्री एन्टोनी अल्बानेजले भने, ‘गृह विभागले गरेको अध्ययनका आधारमा यो निर्णय लिइएको हो ।’

केन्द्रीय सरकारले लिएको यो निर्णयलाई भिक्टोरिया प्रान्तको सरकारले पनि अपनाउने भएको छ । यसको उद्देश्य अन्तराष्ट्रिय सुरक्षा चुनौतीबाट देशलाई जोगाउनु रहेको उल्लेख गरिएको छ ।  


 

पछिल्लो अध्यावधिक: चैत २१, २०७९ ११:५४