close

टेलिकमका ग्राहकले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निशुल्क प्रयोग गर्न पाउने

टेकपाना टेकपाना

चैत २४, २०७९ १८:२०

टेलिकमका ग्राहकले हिमालयन बैंकको मोबाइल बैंकिङ एप निशुल्क प्रयोग गर्न पाउने

काठमाडौं । नेपाल टेलिकमका ग्राहकले अब हिमालयन बैंकको मोबाइल बैंकिङ एप निशुल्क प्रयोग गर्न पाउने भएका छन् । 

नेपाल टेलिकम र हिमालयन बैंकको सहकार्यमा हिमालयन बैंकका ग्राहकले उक्त बैंकको एप निःशुल्क चलाउन सक्ने व्यवस्था गरिएको हो । अर्थात् अब हिमालयन बैंकको मोबाइल बैंकिङ एप प्रयोग गर्दा कुनै डेटा शुल्क काटिने छैन । 

चैत २० गते भएको सम्झौतापत्रमा नेपाल टेलिकमको तर्फबाट प्रमुख व्यावसायिक अधिकृत संगीता पहाडी र हिमालयन बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत उज्ज्वल राजभण्डारीले हस्ताक्षर गरेका थिए । 

सोही दिनदेखि यो सेवा लागु भएको नेपाल टेलिकमका सह-प्रवक्ता परमात्मा भट्टराईले जानकारी दिएका छन् ।

नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत पहाडीले बैंकका मोबाइल एप प्रयोगकर्ताहरूको सहजताका लागि नेपाल टेलिकमले सहजीकरण गर्ने कार्यलाई निरन्तरता दिइरहेको बताएकी छिन् । 

नेपाल टेलिकमको सेवाबाट धेरै ग्राहक लाभान्वित भइरहेको बताउँदै पहाडीले हिमालयन बैंकका ग्राहक पनि लाभान्वित हुने विश्वास व्यक्त गरेकी छिन् । 

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत भण्डारीले बैंकका ग्राहकलाई सुविधा दिने काममा नेपाल टेलिकमसँगको सहकार्यले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरेका छन् ।

 

 

पछिल्लो अध्यावधिक: चैत २४, २०७९ १८:२१