close

खल्तीमा एनएमबी बैंकको खाता लिङ्क गर्दा स्मार्टफोन जित्न सकिने

टेकपाना टेकपाना

चैत २६, २०७९ १३:५०

खल्तीमा एनएमबी बैंकको खाता लिङ्क गर्दा स्मार्टफोन जित्न सकिने

काठमाडौं । खल्तीले एनएमबी बैंकको ग्राहकका लागि स्मार्टफोन जित्न सकिने अफर ल्याएको छ  । खल्तीले एनएमबी बैंकसँगको सहकार्यमा आफ्ना ग्राहकका लागि यो अफर ल्याएको हो । 

यस अफर अन्तर्गत एनएमबी प्रयोगकर्ताले आफ्नो बैंक खाता पहिलो पटक खल्तीमा लिङ्क गरे बापत १०० रुपैयाँ बोनस तत्काल प्राप्त गर्न सक्नेछन् । 

साथै एक ग्राहकले भने बम्पर पुरस्कारको रूपमा स्मार्टफोन जित्न सक्नेछन् । बोनस खल्तीमा पहिलो पटक आफ्नो बैंक खाता लिंक गरि पहिलो भुक्तानी पुरा गरेका प्रयोगकर्ताहरूका लागि मात्र लागु हुनेछ ।

त्यस्तै यस अफर अवधिमा आफ्नो लिङ्क गरिएको बैंक खाताबाट भुक्तानी गर्ने प्रयोगकर्ता मध्ये दुईजना प्रयोगकर्ताले अफर सकिए लगत्तै गोलाप्रथामार्फत स्मार्टफोन पनि जित्न सक्नेछन् । खल्ती प्रयोगकर्ताहरूले बैंक खाता लिङ्क गर्नका लागि उनीहरूको केवाईसी भने प्रमाणित गरेको हुनुपर्नेछ ।

चैत २१ गते देखि सुरु भएको यो अफर जेठ ५ गतेसम्म चल्नेछ । 

पछिल्लो अध्यावधिक: चैत २६, २०७९ १३:५०