close

युनियन पेको क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत क्याशब्याक दिंदै खल्ती

टेकपाना टेकपाना

बैशाख ४, २०८१ ११:४७

युनियन पेको क्यूआर स्क्यान गरी भुक्तानी गर्ने ग्राहकलाई १० प्रतिशत क्याशब्याक दिंदै खल्ती

काठमाडौं । डिजिटल वालेट खल्तीले नयाँ वर्षको उपलक्ष्यमा आफ्ना प्रयोगकर्ताहरूका लागि ‘क्याशब्याक मेला’ अफर ल्याएको छ । कम्पनीले प्रयोगकर्तालाई तोकिएका ब्राण्डहरूका सयभन्दा बढी आउटलेटहरूमा युनियन–पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा १० प्रतिशतसम्मको क्याशब्याक दिने भएको हो ।

१४ चैत्रदेखि ३० वैशाखसम्म लागु हुने यो अफरमा खल्ती प्रयोगकर्ताले युनियन–पे क्यूआर स्क्यान गरी भुक्तानी गर्दा यस्तो क्याशब्याक प्राप्त गर्न सक्नेछन् ।

विभिन्न मुभी हल, क्याफे तथा रेस्टुरेन्ट, स्वास्थ्य सेवा प्रदायक, फेसन ब्रान्ड, ट्राभल र एड्भेन्चर, डिपार्टमेन्टल स्टोरहरूका आउटलेटहरूमा भुक्तानी गर्दा उक्त क्याशब्याकको लाभ उठाउन सकिने बताइएको छ । आईएनआई सिनेमा, न्यु म्यु, डल्ले, मोन्स्टर मिल, ई–फार्मेसी , मनकामना दर्शन लगायतका थुप्रै ब्रान्डहरूका आउटलेटहरूमा यो अफर उपलब्ध हुनेछ । साथै अन्य थप ब्राण्डहरू पनि यो अफरमा जोडिने क्रम जारी रहेको पनि कम्पनीले जनाएको छ ।

खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले

युनियन–पेसँगको सहकार्यमा खल्तीले यो अफर ल्याएको बताए । ‘खल्तीमा उपलब्ध हुने क्याशब्याक अफरहरू थुप्रै प्रयोगकर्ताहरूले रुचाएकाले हामीले ‘क्याशब्याक मेला’ अफर ल्याएका हौं । स्क्यान एन पेमा उपलब्ध यो अफरले धेरै प्रयोगकर्ताहरूलाई सहज, सरल र छिटो तरिकाले भुक्तानी गर्ने सुविधा दिनेछ ।’

‘क्याशब्याक मेला’ले नयाँ प्रयोगकर्ताहरूलाई समेत डिजिटल भुक्तानी प्रति आकर्षित गर्ने खल्तीको विश्वास छ । 

 

पछिल्लो अध्यावधिक: बैशाख ४, २०८१ ११:४७