close

एक प्रतिशत ब्याट्रीमा एक घण्टा टिक्ने साओमी १३ अल्ट्रा

टेकपाना टेकपाना

बैशाख ३, २०८० १०:१५

एक प्रतिशत ब्याट्रीमा एक घण्टा टिक्ने साओमी १३ अल्ट्रा

काठमाडौं । धेरैजसो समार्टफोन प्रयोगकर्ताको एउटै समस्या हो ब्याट्री नट नटिक्नु । ब्याट्रीमा रातो रंग देख्ने बित्तिकै फोन चार्ज गर्ने तनाव बढिहाल्छ । कतिपय अवस्थामा ब्याट्री चार्ज गर्ने स्थिति पनि हुँदैन । 

यो समस्यालाई भने साओमी १३ अल्ट्राले सम्बोधन गर्ने भएको छ । अहिले चर्चामा रहेको साओमी १३ अल्ट्रा स्मार्टफोनको विषयमा कम्पनीले नयाँ जानकारी बाहिर ल्याएको छ ।  

कम्पनीले एक पोस्ट सार्वजनिक गर्दै साओमी १३ अल्ट्रा एक प्रतिशत ब्याट्रीमा पनि एक घण्टासम्म चल्न सक्ने बताइएको छ । लाइकाको क्यामेरा भएको यो फोनले पहिले नै बजारमा चर्चा पाइरहेको छ । यसको ब्याट्रीको कुराले फोनलाई पुन: चर्चामा ल्याएको हो । 

यही अप्रिल १८ गते कम्पनीले यो फोन सार्वजनिक गर्दैछ । त्यो भन्दा अगाडि कम्पनी आफैले फोनको विषयमा विभिन्न जानकारीहरू बाहिर ल्याउने क्रम जारी छ ।  

पछिल्लो अध्यावधिक: बैशाख ३, २०८० १०:१५