close

साओमीको सस्तो स्मार्ट टिभी सार्वजनिक

टेकपाना टेकपाना

असार ५, २०८० ९:१४

साओमीको सस्तो स्मार्ट टिभी सार्वजनिक

काठमाडौं । साओमीले आफ्नो सस्तो स्मार्ट टिभी 'साओमी टिभी ईए४३' (Xiaomi TV EA43) सार्वजनिक गरेको छ । थोरै बेजल्स सहित मेटल कभर भएको यो फुल स्क्रिन टिभी हो । ४३ इन्चको यो टिभीको स्क्रिन र बडीको रेसियो ९६.७ प्रतिशत रहेको छ । 

यसमा ४ कोरको ६४ बिट सीपीयु प्रयोग गरिएको जसमा २.४ गिगाहर्ज र ५ गिगाहर्जको डुअल-ब्यान्ड वाइफाइ उपलब्ध छ । त्यस्तै गुणस्तरीय आवाजको लागि ८ वाटको दुईओटा स्पिकर राखिएको छ ।

यो टिभीमा दु्ईओटा यूएसबी पोर्ट, दुई एचडीएमआई पोर्ट, एक एभी पोर्ट, एक वायर्ड नेटवर्क पोर्ट, एउटा एन्टेना पोर्ट र एउटा पीडीआईएफ पोर्ट उपलब्ध छ । 

कम्पनीले यो टिभीमा टिभी ३.० को लागि आवश्यक मयूआई उपलब्ध गराएको छ जसले स्मार्ट होम मोड र अफिस मोडलाई पनि सपोर्ट गर्छ । 

हाल यो टिभी चिनियाँ बजारको लागि मात्र सार्वजनिक गरिएको छ । चाँडै नै विश्वबजारमा पनि उपलब्ध गराइने अपेक्षा गरिएको छ । यद्यपि यस विषयमा कम्पनीले भने कुनै जानकारी दिएको छैन । चिनियाँ बजारमा यो स्मार्ट टिभीको मूल्य ७९९ युआन (साढे १४ हजार रुपैयाँ) तोकिएको छ । 

पछिल्लो अध्यावधिक: असार ५, २०८० ९:१६