close

यस्तो हुनेछ साओमी १४ सिरिजका स्मार्टफोन, चिपसेटदेखि ब्याट्री क्षमतासम्म

टेकपाना टेकपाना

असार १९, २०८० ८:३३

यस्तो हुनेछ साओमी १४ सिरिजका स्मार्टफोन, चिपसेटदेखि ब्याट्री क्षमतासम्म

काठमाडौं । चिनियाँ मोबाइल कम्पनी साओमीले आफ्नो नयाँ सिरिज साओमी १४ सार्वजनिक गर्ने तयारी गरिरहेको छ । यो सिरिज सम्भवतः यही नोभेम्बर सार्वजनिक हुनेछ । कम्पनीको फ्ल्यागशिप फोन साओमी १४ को केही जानकारी बाहिरिएको छ ।

बाहिरिएको जानकारी अनुसार यस सिरिजका फोनहरूमा स्न्यापड्रागन ८ जेन ३ चिपसेट प्रयोग गरिनेछ । यो चिपसेट अक्टोबर महिनामा सार्वजनिक हुने तयारीमा छ । साओमी १४ क्वालकमको नयाँ जेनेरेशनको यो चिपसेट भएको पहिलो स्मार्टफोन हुनेछ ।

यसैगरी साओमी १४ मा ४,८६० एमएएच ब्याट्री रहनेछ जसले ९० वाटको फास्ट वायर्ड चार्जिङ र ५० वाटको वायरलेस चार्जिङ सपोर्ट गर्नेछ ।

यस्तै साओमी १४ प्रोमा भने ५००० एमएएचको ब्याट्री रहनेछ जसले १२० वाटको फास्ट वायर्ड चार्जिङ र ५० वाटको वायरलेस चार्जिङ सपोर्ट गर्नेछ । 

पछिल्लो अध्यावधिक: असार १९, २०८० ८:३३