close

डीएभी स्कुलका शिक्षकले ‘स्कुटी किन्दिनु पठाओ चलाएर खान्छ’ भनेपछि कम्पनीको आपत्ति

टेकपाना टेकपाना

बैशाख ९, २०८० १५:०

डीएभी स्कुलका शिक्षकले ‘स्कुटी किन्दिनु पठाओ चलाएर खान्छ’ भनेपछि कम्पनीको आपत्ति

काठमाडौं । ललितपुरस्थित डीएभी सुशील केडिया विश्व भारती विद्यालयले आफूलाई जोडेर अभिव्यक्ति दिएकोमा राइड शेयरिङ कम्पनी पठाओले आपत्ति जनाएको छ । एक विज्ञप्ति जारी गर्दै पठाओले विद्यालयका शिक्षककाे भनाइप्रति आपत्ति जनाएको हो ।

तीन दिनअघि चलचित्र निर्देशक उपेन्द्र सुब्बाले आफ्नी छोरी पढाइमा कमजोर भएको कुरालाई लिएर डीएभीका शिक्षकले दिएको नकारात्मक अभिव्यक्ति फेसबुकमार्फत शेयर गरेका थिए ।

"पहिला पनि जोशी सरले 'पढेर केही गरी खान सक्दैन बरु एउटा स्कुटी किन्दिनु पठाओ चलाएर खान्छ भने' भन्दै आमा छोरी दुवै मसँग रोए," उनले लेखेका छन् । विद्यालयका शिक्षकबाटै पठाओको नाम जोडेर नकारात्मक अभिव्यक्ति आएको भन्दै कम्पनीले आपत्ति जनाएको छ ।

कम्पनीले सबै पेशालाई सम्मान गर्न सिकाउनुपर्ने शिक्षकहरूबाटै यस्तो किसिमको अभिव्यक्ति आउनु अत्यन्तै दुःखद् रहेको उल्लेख गरेकाे छ । साथै केही गर्न नसकेपछि पठाओ चलाउनेभन्दा पनि विभिन्न पेशा र व्यवसायमा आवद्ध व्यक्तिहरूले आफ्नो अनुकूलको समयमा पठाओलाई अतिरिक्त आम्दानीको माध्यम  बनाइरहेको कम्पनीकाे भनाइ छ ।

"उपत्यकाभित्र तथा उपत्यका बाहिरसमेत जनजीविकालाई सहज बनाउँदै आवतजावतमा समेत सहजता प्रदान गर्न हाम्रा क्याप्टेन, राइडर र फुडम्यान साथीहरूको  संलग्नताप्रति  हामी गर्व गर्दछौँ । विद्यालय स्तरमा नै सबै किसिमका पेशा र व्यवसायप्रति विद्यार्थीलाई जानकारी दिने र स-सम्मान काम गर्न अभिप्रेरित गरिनुपर्नेमा, शिक्षक वर्गले दिएको गलत अभिव्यक्ति भोलिका दिनमा दोहोरिने छैन भन्ने विश्वास गर्दछौं," कम्पनीकाे विज्ञप्तिमा उल्लेख छ ।

No description available.

पछिल्लो अध्यावधिक: बैशाख ९, २०८० १८:३३