close

अब जीमेलमा पनि ब्लु भेरिफाइड चेकमार्क

टेकपाना टेकपाना

बैशाख २१, २०८० १०:३५

अब जीमेलमा पनि ब्लु भेरिफाइड चेकमार्क

काठमाडौं । अब जीमेलमा पनि ब्लु भेरिफाइड चेकमार्क आउने भएको छ । कम्पनीले एक ब्लग लेख्दै गलत ईमेलबाट प्रयोगकर्तालाई सुरक्षित राख्न यस्तो सुविधा थप्न लागेको उल्लेख गरेको छ ।

गुगलले २०२१ मा ब्रान्ड इन्डिकेटर्स फर मेसेज आइडेन्टिफिकेसन (बीआईएमआई) सिस्टम सार्वजनिक गरेको थियो, जसमा भेरफाइड ब्रान्ड लोगो सपोर्ट गर्ने फिचर समावेश थियो ।

यसअन्तर्गत ब्रान्डको कर्पोरेट लोगोलाई अवतार आइकनको रूपमा देखाएर आधिकारिक र विश्वसनीय ईमेल एड्रेसबाट आएका सन्देशलाई पहिचान गर्न मिल्ने सुविधा दिइएको थियो ।

तर गलत मनसाय भएका व्यक्तिले ब्रान्ड र तिनको लोगो दुरुपयोग गरी ईमेल पठाउन थालेपछि गुगलले भेरिफाइड चेकमार्क पनि प्रदान गर्न लागेको हो ।

अब बीआईएमआई सिस्टम अपनाएका अकाउन्टहरूले ब्लु भेरिफाइड चेकमार्क पाउनेछन् । यसमार्फत ईमेल पाउने व्यक्तिले आधिकारिक सेन्डरबाट मात्रै सन्देश पाउने र फिशिङ वा स्क्याम ईमेलको जोखिमबाट बच्नसक्ने कम्पनीको विश्वास छ ।

यस्तो ब्लु चेकमार्क सबै प्रयोगकर्ताले भने पाउने छैनन् । जीमेलको बीआईएमआई अपनाएका बिजनेश अकाउन्टका लागि मात्रै यस्तो सुविधा दिइने गुगलले जनाएको छ ।

पछिल्लो अध्यावधिक: बैशाख २१, २०८० १०:३५