close

आगामी सोमबार सार्वजनिक हुँदै भिभो एक्स ८०, कस्ता होलान् फिचर ?

टेकपाना टेकपाना

बैशाख ५, २०७९ २१:१६

आगामी सोमबार सार्वजनिक हुँदै भिभो एक्स ८०, कस्ता होलान् फिचर ?

भिभो एक्स ८० स्मार्टफोन औपचारिक रुपमा सार्वजनिक हुने मिति घोषणा भएको छ । कम्पनीले आगामी सोमबार अर्थात २५ अप्रिलका दिन चिनियाँ बजारमा यो फोन सार्वजनिक गर्ने भएको हो ।

चीन पछि यो स्मार्टफोन विश्व बजारमा आउने अपेक्षा गरिएको छ । भिभोले आफ्नो आगामी स्मार्टफोन भिमो एक्स ८० प्रो र भिभो एक्स ८० प्रो प्लस स्मार्टफोनको डिजाइनको टिजर पहिले नै बाहिर ल्याइसकेको छ ।

फोन भेगन लेदर तथा ओरेन्ज फिनिशमा देखिएको छ । फोनको पछाडि भागमा चार ओटा क्यामेरा सेटअप हुने अनुमान छ । फोनको क्यामेरालाई जेसिस ब्रान्डिङका साथ सार्वजनिक गरिनेछ । भिभो एक्स ८० सिरिजका स्मार्टफोनमा स्न्यापड्रागन एट जेन वान चिपसेट दिइएको छ ।

साथै भिभो एक्स ८० स्मार्टफोनलाई मिडियाटेक ९००० चिपसेट सपोर्ट सहित बजारमा उतारिनेछ । जब कि भिभो एक्स ८० प्रो स्मार्टफोन डाइमेन्सिटी ८१०० एसओसी चिपसेट सपोर्टका साथ आउनेछ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३२