close

मिभी ब्रान्डका दुई इयरबड नेपाली बजारमा, यस्ताे छ मूल्य र फिचर

टेकपाना टेकपाना

जेठ ४, २०८० १६:५६

मिभी ब्रान्डका दुई इयरबड नेपाली बजारमा, यस्ताे छ मूल्य र फिचर

काठमाडौं । नेपाली बजारमा भारतीय ब्रान्ड मिभी (Mivi)का दुई नयाँ माेडेलका इयरबड भित्रिएकाे छ । नेपालका लागि मिभीकाे आधिकारिक वितरक इन्फोनिटी ग्रुप प्रालिले ‘कमान्डो एक्स ९’ र ‘मिभी के७ डुओपडस्’ भित्र्याएको हो ।

ब्लुटुथ ५.३ मा आधारित यी दुवै इयरबडमा एक वर्षको वारेन्टी दिइएको छ । कम्पनीका अनुसार मिभी के सेभेनले एक पटकको फुल चार्जमा ५० घण्टाको प्ले टाइम दिन्छ भने कमान्डो एक्स ९ले ७२ घण्टाको प्ले टाइम दिन्छ ।

त्यस्तै मिभि के सेभेन ग्यालेक्सी ब्ल्याक, ज्याजी ब्लू, मिन्ट ग्रीन, कोरल, आइभोरी कलरमा उपलब्ध हुन्छ । त्यस्तै कमान्डो एक्स ९ ब्ल्याक र ह्वाइट कलरमा मात्र उपलब्ध छ ।

नेपाली बजारमा  मिभी के सेभेनको मूल्य २,९९९ र कमान्डो एक्स ९को मूल्य ४,४९९ रुपैयाँ तोकिएको छ ।

पछिल्लो अध्यावधिक: जेठ ४, २०८० १६:५६