close

यसकारण आईफोन १४ किन्नुभन्दा आईफोन १५ पर्खिनु बुद्धिमानी

टेकपाना टेकपाना

जेठ ४, २०८० १७:५६

यसकारण आईफोन १४ किन्नुभन्दा आईफोन १५ पर्खिनु बुद्धिमानी

काठमाडौं । एप्पलले हरेक वर्ष आईफोनको नयाँ सिरिज सार्वजनिक गर्ने गर्छ । यो सेप्टेम्बरमा आईफोन १५ सिरिज सार्वजनिक हुँदैछ । ​याे सिरिजका फाेनबारे एक वर्षअघिदेखि नै विभिन्न फिचर बाहिर आइरहेका छन् ।

यदि आईफोन ११ वा सोभन्दा पहिलेको सिरिजका आईफोन प्रयोग गरिरहनु भएको छ र नयाँ आईफोन खरिद गर्ने तयारीमा हुनुहुन्छ भने तपाईँको लागि आईफोन १४ खरिद गर्ने विकल्प छ ।

आईफोन १४ मा आईफोन १३ को प्रो मोडेलमा भएको जस्तै क्यामेरा फिचर छ । यसमा ए१५ बायोनिक चिप प्रयोग गरिएको छ, जुन आईफोन १३ मा पनि छ ।  त्यसैले यदि तपाईँ आईफोन १२ वा १३ सिरिजका स्मार्टफोन प्रयोग गरिरहनु् भएको छ भने आईफोन १४ तपाईँको विकल्प होइन ।

आईफोन १४ खरिद गर्नु ठीक कि, आईफोन १५ लाई पर्खनु ठीक ? 

झट्ट सुन्दा आईफोन १४ को फिचहरू उत्कृष्ट लागेपनि यसमा धेरै कमजोरी छन् । यसको सबैभन्दा ठूलो कमजोरी भनेको आईफोन १३ भन्दा उत्कृष्ट हुन नसक्नु हो । 

यदि प्रयोगकर्ता आफूले बोकिरहेकोभन्दा नयाँ स्मार्टफोन खरिद गर्न चाहन्छन् भने केही न केही नयाँ फिचर देख्न चाहन्छन् । तर आईफोन १४ मा आईफोन १३ भन्दा फरक फिचर देखिँदैन ।

डिजाइन मात्र नभई यी दुई फोनमा चिप पनि एउटै प्रयोग भएको छ ।

यद्यपि आईफोन १४ र १४ प्रोमा भने ए१६ बायोनिक चिप प्रयोग गरेको छ । यो हिसाबले हेर्ने हो भने आईफोन १५ मा ए१७ बायोनिक चिप प्रयोग भएको छ ।

अझ डिजाइनको कुरा गर्ने हो भने त एप्पल १४ को डिजाइन एप्पल १२ सँग पनि मेल खान्छ । 

क्यामेरा 

आईफोन १४ मा आईफोन १३ प्रो म्याक्समा भएको क्यामेरा फिचर उपलब्ध छ । पुरानो भएपनि यसमा डल्बी भिजन एचडीआर, एक्सन मोड लगायतका फिचर छन् । यद्यपि आईफोन १३ नै प्रयोग गरिरहनु भएको छ भने क्यामेराकै लागि आईफोन १४ विकल्प होइन ।

आईफोन १५ को कुरा गर्ने हो भने सिरिजको सस्तो फोन १५ मा नै आईफोन १४ प्रो म्याक्समा भएको ४८ मेगापिक्सेलको क्यामेरा हुने बताइएको छ । यसले गर्दा पनि आईफोन १४ तपाईँको लागि विकल्प नहुन सक्छ । त्यसैले आईफोन १५ कुर्नु उचित हुन्छ ।

नयाँ डिजाइन र डाइनामिक आइल्यान्ड 

बाहिरिएको जानकारीअनुसार आईफोन १५ मा डाइनामिक आइल्यान्ड प्रयोग हुँदैछ, जब कि आईफोन १४ र आईफोन १४ प्लसमा आईफोन १३ मा नै भएको नच डिस्प्ले प्रयोग भएको छ । यो सिरिजमा आईफोन १४ प्रो म्याक्समा मात्र डाइनामिक आइल्यान्ड प्रयोग भएको छ, जुन आईफोन १५ सिरिजको प्रो मोडेलमा मात्र हुनेछैन ।

साथै आईफोन १५ प्रो म्याक्स अथवा अल्ट्रामा भौतिक बटन नभई ह्याप्टिक बटन प्रयोग हुने बताइएको छ । यसले गर्दा आईफोन १५ कुर्नु उचित हुनसक्छ । 

पर्फर्मेन्स 

बाहिरिएको जानकारी अनुसार आईफोन १५ सिरिजका स्मार्टफोनमा वाई-फाई सिक्सईको प्रयोग हुनेछ । यसले फोनको पर्फर्मेन्सलाई छिटो बनाउन मद्दत गर्छ ।

साथै यसमा ब्लुटुथ कनेक्टिभिटीकाे नयाँ भर्सन उपलब्ध हुनेछ । यसले फोनको पर्फर्मेन्सलाई उत्कृष्ट बनाउन सहयोग गर्नेछ । 

सफ्टवेयर सपोर्ट 

आईफोन १४ को सबैभन्दा धेरै समस्या नै सफ्टवेयरमा थियो । फोन सार्वजनिक भएको केही समय पनि बित्न नपाउँदै प्रयोगकर्ताले फोनको समस्या लिएर आएका थिए । फोनमा बगहरू पनि धेरै थियो । यसले गर्दा प्रयोगकर्ता आकर्षित हुन सकेनन् ।

सफ्टवेयरमा आएको समस्याले गर्दा पनि धेरैले आईफोन १४ खरिद गरेनन् । फलस्वरुप यसको बजारमा माग पनि घटेको थियो ।

आईफोन १४ प्रो म्याक्सले केही हदसम्म बजार पाए पनि यो सिरिजका अन्य फोनले बजारमा स्थान बनाउन सकेन । आईफोन १४ सार्वजनिक भएको केही समय पनि नबित्दै एप्पलले यसको उत्पादन संख्या घटाएको थियो ।

चार्जिङ पोर्ट

आईफोन १४ मा पनि अन्य आईफोनमा जस्तै लाइटेनिङ चार्जर प्रयोग भएको छ । बाहिरिएको जानकारी र युरोपेली संघको पछिल्लो निर्णयलाई मान्ने हो भने आईफोन १५ मा यूएसबी-सी पोर्ट उपलब्ध हुनेछ ।

कम्पनीले पनि यूएसबी - सी पोर्ट नै उपलब्ध गराउने संकेत दिएको छ । यसले गर्दा विशेषगरी चार्जरको समस्या हुँदैन । 


 

पछिल्लो अध्यावधिक: जेठ ४, २०८० १७:५६