close

रिभरसङको नयाँ इयरबड ‘एयरफ्लाई एलथ्री’ नेपाली बजारमा

टेकपाना टेकपाना

जेठ ५, २०८० १३:२०

रिभरसङको नयाँ इयरबड ‘एयरफ्लाई एलथ्री’ नेपाली बजारमा

काठमाडौं । रिभरसङले आफ्नो नयाँ मोडेलको इयरबड 'एयरफ्लाई एलथ्री' नेपाली बजारमा सार्वजनिक गरेको छ । नेपालका लागि रिभरसङको आधिकारिक बिक्रेता केमियो इन्टरनेसनलले एयरफ्लाइ एलथ्री भित्र्याएकाे हो ।

याे इयरबडमा एचडी स्टेरियो साउन्ड र लसलेस अडियोको सुविधा रहेको छ । यस्तै भ्वाइस असिस्टेन्ट र सिरीलाई समावेश गरिएको छ ।

यसमा ब्लुटुथ ५.३ कनेक्सन, स्वेट प्रुफ अर्थात् पसिनाले असर नगर्ने आईपीएक्स ५.० रहेको छ ।

त्यस्तै १० मिटर टाढाबाट पनि डिभाइसमा कनेक्ट गर्न सकिने कम्पनीले जनाएको छ । एयरफ्लाई एलथ्रीमा २५ एमएएचको ब्याट्री क्षमता तथा चार्जिङ केसमा २०० एमएएच ब्याट्री क्षमता रहेको छ ।

यो इयरबडको प्लेब्याक टाइम भने ५ घण्टासम्म रहेको छ । टाइप-सी चार्जिङ इन्टरफेस भएको यो इयरबड अमेरिकाको क्यालिफोर्नियामा डिजाइन गरिएको हो, जसमा कम्पनीले एक वर्षको वारेन्टी दिएको छ । 


 

पछिल्लो अध्यावधिक: जेठ ५, २०८० १३:२०